झापा : एक्सेल डेभलपमेन्ट बैंकको १९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज झापाको बिर्तामोडमा सम्पन्न साधारणसभामा सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले सहुलियत कर्जामार्फत स्वरोजगार सिर्जना गर्दै आएको बैँकले पुस मसान्तसम्म १२ अर्ब नौ करोड रुपैयाँ कर्जा लगानी गरेको अध्यक्ष महेन्द्र गोयलले जानकारी दिए ।
सञ्चालक समितिका अध्यक्ष गोयल र प्रमुख अतिथि पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा कार्यक्रमको पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

बैंकले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेको छ । साधारणसभाले एक्सेल र अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरु आपसमा गाभिने विषयमा अठारौँ वार्षिक साधारण सभाले दिएको अख्तियारीलाई निरन्तरता दिने निर्णय भएको अध्यक्ष गोयलले सभामा जानकारी दिए ।
प्रादेशिक बैंकको रुपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले कोशी प्रदेशका आठ जिल्लाका ४७ स्थानबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

_1736908732.jpg)
सञ्चालक सदस्य डक्टर रुपकप्रसाद खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

कर्जाको माग घटेकाले बैकल्पिक स्रोतको पहिचान गर्नुपर्ने अवस्था सिर्जना भएको बैँकका प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार कट्टेलले बताए ।
कर्जा असुलीमा देखिएका चुनौति व्यवस्थापनका लागि साझा प्रयासको खाँचो रहेको औँल्याउँदै कार्यकारी अधिकृत कट्टेलले असुलीका लागि संयमित र आक्रामक भएर लाग्नु पर्ने बेला आएको बताएका छन् ।
साधारणसभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले व्यवसायीको संरक्षण गर्न सके मात्रै बैँक तथा वित्तिय संस्थाको दिगो व्यवस्थापन हुने बताए ।