इस्लाम धर्मावलम्बीहरुको पर्व ईद को अवसरमा  नेपाल मधेशी समाज सेवा समिति बिर्तामोडले प्रसाद वितरण गरेको छ । 

इद उल फित्र मुस्लिम समुदायको महत्वपूर्ण चाडको अवसरमा आज बिर्तामोड ४ मा समाजले आज बिहान फ्रुटी, पानी , प्रसाद लगायत वितरण गरेको हो । 

जतिय सद्भाव कायम राख्न र सामाजिक उत्तरदायित्व वहन गर्दै प्रसाद वितरण गरिएको  मधेशी समाज सेवा समिति बिर्तामोडका अध्यक्ष रामेश्वर मण्डलले जानकारी दिए ।  

WhatsApp Image 2025-03-31 at 04.34.35 (1)

यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास रोजाको समापनमा मनाइंदै आएको छ । उपाध्यक्ष उमेशकुमार चौधरी, सचिव शम्भुकुमार शाह, सह सचिव प्रकाश महत्तो, कोषाध्यक्ष कला राउत, सदस्य विवेक शाह, मोहनकुमार झा, गन्नु सहनी, किशुकुमार शाह, नरेश शाह, मोहनकुमार महत्तो लगायतको उपस्थिति रहेको थियो । 

WhatsApp Image 2025-03-31 at 04.34.36 (1)

इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ देशैभर हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।