झापाको बिर्तामोड २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले ३०औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बढ्दो रगतको अभावलाई परिपूर्ति गर्नका लागि संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको हो। 

२०५२ साल चैत्र २१ गते स्थापना भएको संस्थाले तीन दशकको यात्रा तय गरेको हो  । 

सामाजिक उत्तरदायित्व बहन गर्दै रगतकै अभावका कारणले गर्दा अकालमा कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले आज स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले जानकारी दिए ।

त्यस्तै संस्थाका अध्यक्ष हरिप्रसाद राजवंशीले पनि सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले हरेक वर्ष स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरिरहेको जानकारी दिए ।

IMG-20250403-WA0003


उनले मानवीय सेवाका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

 २०५२ सालमा ३३ जना शेयर सदस्यको ३४००० हजार सेयर पूँजीबाट स्थापना भएको सहरा  नेपाल साकोसमा हाल १ लाख ९० हजार सेयर सदस्य रहेका छन्। 

संस्थाको सेयर पूँजी  १ अर्ब ७० करोड ११ लाख,  ऋण लगानी ११ अर्ब ५० करोड , वासलात १७ अर्ब ७५ करोड , कोशी प्रदेश को छ जिल्लाको ८० सेवा केन्द्र बाट वित्तीय  कारोबार भई रहेको छ । 

 बचत १३ अर्ब ७५ करोड , संस्थागत पूँजी १ अर्ब ३० करोड, बाहिर  ऋण सुन्न   रहेको संस्थाको उपनिर्देशक दिनेश बहादुर निरौलाले जानकारी दिए।

 साहारा नेपाल साकोसले गरिबी न्यूनीकरण उद्यमशीलता र रोजगारी सिर्जना,  स्वास्थ्य ,  शिक्षा  जैविक विविधता तथा वातावरण संरक्षण,  सामाजिक  कृषि तथा वित्तीय लगायतको क्षेत्रमा काम गर्दै आएको संस्थाको उप विभागगिय प्रमुख गोपाल भट्टराईले जानकारी दिए । 

वार्षिक उत्सव के अवसरमा आज संस्थाको सवालमा विविध कार्यक्रम समेत गरिने जनाइएको छ।