शनिश्चरे ।
झापाको अर्जुन नगरपालिकामा भूमि सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । आज आइतवार नगरको सभाहलमा भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण तथा अव्यवस्थितबसोवासीको व्यवस्थापनका सम्बन्धमा वर्तमान कानूनी व्यवस्था तथा अन्य सरोकारका सम्बन्धमा छलफल तथा अन्तक्र्रिया सम्पन्न भएको हो ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्य रहेको थियो । अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख बलदेवले नगरका भूमी सम्बन्धी समस्याको जानकारी गराएका थिए ।

_1736908732.jpg)
नगर प्रमुख बलदेवले नगरमा भूमि समस्या समाधान आयोग अन्तरगत बिभिन्न मितिमा सूचना प्रकाशित अनुसार भूमिहिन दलित २१९, भूमिहिन सुकुम्वासी ७९२ र अव्यवस्थित बसोबासी ६ हजार ३९५ गरी जम्मा ७ हजार ४०८ जनाको फाराम पेश गरेको विवरण जानकारी गराएका थिए ।

७ हजार ४०६ फारामहरु मध्ये प्रविष्टि गर्ने क्रममा पेश भएका लगभग २० प्रतिशत फारामहरु अपूर्णमा रहेको र आयोगलाई लिखित जानकारी गराएपनि हालसम्म त्यस बिषयमा जानकारी प्राप्त नभएको नगर प्रमुख बलदेवले बताएका छन् ।
यसैगरी अर्जुनधारा–१ मा राजश्व दर उच्च भएका कारण लाभग्राहीले राजश्व तिर्न नसको कारण १२५ वटा लालपूर्जा तयार भएर जिल्ला समिति रहेको, वडा नं। २ मा निस्सा बितरण भई केही निस्सा बितरण हुन
बाँकि रहेको, वडा नं। ५ मा निस्सा वितरण भई ७५ बिगाहा जग्गासमेत नापजाँच भइसकेको, वडा नं। ११ मा नापजाँचको कार्य सम्पन्न भएर ९ परिवारलाई लालपूर्जा बितरण गरिएको र वडा नं। ७ र ८ को निस्सा तयार भई वितरण गर्न बाँकि रहेकोसमेत नगर प्रमुख बलदेवले जानकारी गराएका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजालले आगामी ३ बर्षभित्र भूमि सम्बन्धी सवै समस्या समाधन गर्ने गरी आयोगले काम गर्ने बताएका छन् ।
उनले आयोगलाई दिइएको अधिकारीको उच्च प्रयोग गरेर समस्यासँग सुधेर भएपनि आगामी ३ बर्षभित्रमा भूमि सम्बन्धी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आयोगले करिव तीन बर्षको अवधिमा १३ लाख भूमिहीनको समस्या समाधान गर्ने बताएका छन् ।
कार्यक्रममा आयोगका बिज्ञ सदस्य जगतबहादुर बस्नेतले आयोगको आगामी काम, कर्तब्य र त्यसको बिधि प्रक्रियाका बारेमा आफ्नो प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाई, आयोगका झापा जिल्ला अध्यक्ष मदन अधिकारीलगायतले आ–आफ्ना भनाई राखेका थिए ।
स्वागत नगर उप–प्रमुख खड्गमाया पराजुलीले गरेको कार्यक्रमको सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले गरेका थिए ।
कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय सामाजिक संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधि साथै सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।