झापा। हल्दीबारी गाउँपालिका वडा नं ५ स्थित कन्चनश्री बजारमा अस्थाई प्रहरी चौकी स्थापना भएको छ ।   स्थानीय स्तरमा शान्ति सुरक्षा कायम राख्न र बढ्दो चोरीका घटनाहरु कम गराउने उद्देश्यले एक कार्यक्रमकाबिच आइतबार चौकी स्थापना गरिएको हो।

कार्यक्रमका  प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले चौकीको उद्घाटन गरेका हुन् । 

हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन के सी, अरिदमन गण चाराआलीका गणपति प्रमुख सेनानी प्राजु बस्नेत, सशस्त्र प्रहरी बल नेपाल २ नं गणका गणपति

शसस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, प्रहरी निरीक्षक मेहेंगी तामाङ, नेपाली कांग्रेसका सभापती देउमान थेवे, सचिव नविन बिमली, हल्दीबारी वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी, वडा नं ५ का वडा अध्यक्ष

खड्गबहादुर लावती, कार्यपालिका सदस्यहरू भगिरथा दाहाल, सुष्मा महरा, वडा सदस्यहरू बिजय फागो,जिवन कन्दङ्वा यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका गाउँ समिति अध्यक्ष एकराज रानामगर, नेपाली कांग्रेसका सभापती गंगा प्रसाई, नेकपा माओवादीका अध्यक्ष खकेन राजवंशी, नेकपा एमालेका प्रतिनिधि धनकेशर बस्नेत,हरीयाली वन समुहका अध्यक्ष झम्विर नेम्वाङ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले स्थानीय जनता र स्थानीय सरकारको माग अनुसार प्रहरी चौकी अस्थाई रूपमा स्थापना गरिएको र चौकीलाई स्थाई बनाउन तथा आवश्यक सहयोग गर्न सबैको साझा जिम्मेवारी भएको बताए। यसैगरी प्रहरी प्रमुख के सी ले जनताको सुरक्षाका निम्ति प्रहरी सधैं तयार रहेको बताएका थिए ।

यसैगरी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले प्रहरी चौकी अति आवश्यक भएको र प्रहरी चौकीलाई आवश्यक इन्धन लगायत सामाग्रीहरू पालीकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।