बिर्तामोड
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधान संशोधनका लागि दुई ठूला दलको इच्छाशक्ति नभएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता खनालले संविधान संशोधन ‘बकवास’ मात्रै भएको टिप्पणी गरे ।

‘सरकार बनाउने बेलामा संविधान संशोधन लगायतका विषयमा ७ बुँदे सहमति गरेको विषय बाहिर आएको थियो’, समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले भने, ‘अहिलेसम्म दुई दलले सहमतिको अन्तरवस्तुका विषयमा जनतालाई कुनै कुरा प्रस्ट्याएका छैनन् ।’
संविधान कार्यान्वयनका लागि कम्तीमा पनि तीन दर्जन ऐनहरू बनाउनुपर्ने अवस्था रहेको बताउँदै नेता खनालले त्यसका लागि सरकारले अहिलेसम्म चासो नदेखाएको दाबी गरे ।

_1736908732.jpg)
‘संविधान संशोधन गर्नुभन्दा अगाडि विज्ञहरू राखेर यसको सिंहावलोकन गरिनुपर्छ’, नेता खनालले भने, ‘यस विषयमा अहिलेसम्म सरकारको गम्भीर भएको छैन । यो दुई दलको बकवास मात्रै हो।’ संविधान अनुसार बनेको संरचना खर्चिलो भयो कि भन्ने विषयमा समेत समीक्षा गर्नुपर्ने नेता खनालले बताए ।
नेता खनालले पूर्व राजा ज्ञानेन्द्रको महत्वाकांक्षा, पूर्व पञ्चहरूको गुमेको को स्वर्ग फर्काउने दिवा स्वप्न, र सत्तारुढ दलको असक्षमताका कारण तीनकुने घटना भएको बताए ।
