झापा 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन जिल्ला कार्य समिति झापाले आगामी तीन वर्षे  कार्ययोजना सार्वजनिक गरेको छ । 

प्याब्सन झापाले आज कार्यालयमा पत्रकार सम्मेलन मार्फत आगामी तीन वर्षभित्र गरिने १७ वुंदे विविध कार्यक्रम  सार्वजनिक गरेको हो । 

प्याव्सन झापाले आगामी तीन वर्षका लागि १७ बुँदे कार्ययोजना अघि सारेको छ । प्याब्सन झापाका अध्यक्ष छत्रवहादुर कार्कीले सार्वजनिक गरेका १७ बुँदे कार्ययोजनामा विपन्न विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्नेदेखि तहगत शिक्षक एवम् प्रधानाध्यापकलाई तालिम, शिक्षक कर्मचारीको पेशागत हकहित, आईसीटीमा आधारित शिक्षण पद्दति, विद्यालय साझेदार कार्यक्रम झापाका स्थानीय तहसंग सहकार्य , विद्यालय मूल्याङ्कन एवम् अनुगमन, सुविधा सम्पन्न भवन लगायत छन् ।

कार्यक्रममा  बरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले  स्वागतसहित  प्याब्सन झापाको बार्षिक कार्यक्रम बारे जानकारी गराएका थिए।

कार्यक्रममा प्याब्सन झापाको गत पुस २७ र २८ गते सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट  छत्रबहादुर कार्कीको अध्यक्षतामा ४९ सदस्यीय जिल्ला कार्यसमिति, पांच सदस्यीय सल्लाहकार समिति, बरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकको संयोजकत्वमा परीक्षा उपसमिति र सचिव लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा सूचना तथा सञ्चार उपसमिति गठन गरिएको जानकारी दिइयो । 

 हाल प्याब्सन झापामा ३१८ बिद्यालय आवद्ध रहेको छ भने ती बिद्यालयहरूमा एक लाख ६८ हजार विद्यार्थी अध्ययनरत् रहेका छन् ।

अध्यक्ष कार्कीले विपद् प्रभावित विद्यालयमा राहत उद्दार तथा पुनः स्थापनाको कार्यका लागि समेत विद्यालय र समुदायलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

विद्यार्थीलाई शिक्षण सिकाई क्रियाकलावका अतिरिक्त खेलकुद्, सास्कृतिक कार्यक्रम चित्रकला, वतृत्वकला, विज्ञान प्रदर्शनी लगायतका सहभागी गराई विद्यार्थीको चौतर्फी बिकासमा सहयोग पु¥याउने प्यावसनले जनाएको छ । 

पत्रकार सम्मेलनमा प्याव्सन झापाका वरिष्ट उपाध्यक्ष हरिकृृष्ण पाठकले समेत प्याव्सनले गर्ने तीन वर्षे कार्ययोजनाका विषयमा प्रकाश पारेका थिए ।


कार्यक्रममा प्याब्सन झापाका सह सचिव जीवन शिवाकोटी, सह कोषाध्यक्ष नारायण सुवेदी, सदस्य तथा सूचना तथा सञ्चार उपसमितिका सदस्यहरू देवेन्द्र हुमागाई, सुमन शर्मा जमरकट्टेललगायतले प्याब्सन झापाको गतिबिधीहरू बारे जानकारी गराएका थिए । 

कार्यक्रमको सञ्चालन प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्ब्याव्सन) झापाले प्याव्सन झापाले उपाध्यक्षमा इश्वरा श्रेष्ठसहित १० जना सदस्यलाई मनोनयन गरेको थियो । 

मनोनित हुने सदस्यहरुमा डिल्ली प्रसाद चापागाई, नितेश खरेल, डम्वर खड्का, रमेश प्रदाद वराल, खगेन्द्र सुवेदी, विष्णु सापकोटा, जीवन थापा मगर, श्याम नारायण राजवंशी, रेवत प्रधान र उदय प्रकाश राईलाई मनोनित गरेको थियो । उनीहरुलाई प्याव्सन झापाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच सपथ गराइएको हो ।