बिर्तामोड : झापामा दुई दिवसीय लोक नृत्य कार्यशाला सम्पन्न भएको छ । नृत्य कलाकार संघ झापाको आयोजनामा हिजोबाट सुरु भएको कार्याशाला आज बुधबार सम्पन्न भएको हो । 

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्वागत संघका सहसचिव सुरज मगरले गरेका थिए । 

संस्थाका अध्यक्ष दिवस गिरीको अध्यक्षतामा भएको समापन समारोहमा संस्थाका सल्लाहकार  एलसी श्रेष्ठले औचित्यमाथी प्रकाश पारेका थिए । लोक संस्कृतिको जर्गेना गर्न र पुरानो मौलीक संस्कृति बचाउन कार्यक्रम आयोजना गरिएको उनले बताए । 

कार्यक्रममा  प्रशिक्षक लोकनृत्य अनुसन्धानकर्ता तथा बरिष्ठ नृत्य निर्देशक रोचक थापा ( रामजी थापा), बरिष्ठ नृत्य निर्देशक  गणेश शर्मा , एन प्याब्सन झापाका  कार्यबाहक अध्यक्ष ओमविक्रम नेम्वाङ लगायतले  शुभकामना मनतब्य राखेका थिए । 

कार्यक्रममा प्रशिक्षकहरू रोचक थापा, नगेन्द्र राईलाई सम्मान गरिएको थियो भने कार्यशाला सफल बनाउन सहयोग गर्ने संघसंस्थाहरुलाई पनि सम्मान गरिएको थियो।

कार्यशालामा ५२   जना  प्रशिक्षार्थीको सहभागिता रहेको थियो । उनीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।  कार्यक्रमको सञ्चालन संस्थाका सचिव विक्रम गेलाल (बुद्धराज ) ले गरेका थिए ।