झापाको अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ ।  नव वर्ष २०८२ को अवसरमा यही वैशाख १ गते  खुल्ला नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ । 

स्थानीय ए वान डान्स एकाडेमीको आयोजना तथा अर्जुनधारा वडा नम्बर ८ को समन्वयमा प्रतियोगिताको आयोजना गरिएको आज बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । 

स्थानीयस्तरमा रहेका प्रतिभाहरुको पहिचान र प्रबद्र्धन गर्दै सांस्कृतिक विविधताको प्रबद्र्धनसँगै नेपाली नृत्य परम्परालाई जीवित राख्न कार्यक्रमको आयोजना गरिएको एकाडेमीका सञ्चालक अशोक धिमालले जानकारी दिए । 

युवाहरुलाई सिर्जनात्मक एवम् सकारात्मक गतिविधिमा संलग्न गराउन यस्ता किसिमको प्रतियोगिताले मद्धत पुग्ने अर्जुनधारा ८ का वडाध्यक्ष कुमार उप्रेती बताउंछन् । 

नेपाली गीतमा एकल, युगल, समुहमा नृत्य प्रस्तुत गर्नुपर्ने उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई नगद पुरस्कार क्रमश ५१ हजार, २१ हजार र ११ हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ । आयोजकका अनुसार प्रतियोगिताका लागि निर्णायकहरु कोशी प्रदेश, काठमाण्डौं र छिमेकी देश भारतबाट छनौट गरिने छ ।


प्रतियोगिता सम्पन्न गर्न अनुमानित पाँच लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकद्वारा प्रस्तुत प्रस्तावना पत्रमा उल्लेख गरिएको छ ।