झापा।
स्वास्थ्य शाखा हल्दिबारी गाउँपालिका झापाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ। सामाजिक विकास समितिकी अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकीहरु, आधारभूत स्वास्थ्य केन्द्र, हल्दीबारी आधारभूत अस्पताल सहित सबै स्वास्थ्य संस्थाहरुको सहभागिता रहेको थियो ।

बितेको ६ महिनामा स्वास्थ्य सेवा लिएका बिरामीको सङ्ख्या , स्वास्थ्य संस्थाहरुले प्रदान गरिरहेको सेवा, संस्थाहरुलाई आवश्यक सामग्रीहरु लगायतका बारेमा कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नं १का वडा अध्यक्ष देवीबहादुर थापा, वडा नं ३ का वडा अध्यक्ष विष्णु ओली, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्यहरू भगिरथा दाहाल र आयुषा मेचे ,वडा सदस्य विष्णुमाया ढुङ्गेल सहित स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

_1736908732.jpg)
चैत २७ र २८ गते २ दिन सम्म भएको कार्यक्रमको अन्त्यमा बोल्दै सभाध्यक्ष शिवाकोटीले निरन्तर स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिदैं समस्या समाधान गर्न कार्यपालिका मार्फत पहल गर्ने बताएकी थिइन्। कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक प्रकास खतिवडाले गरेका थिए।