झापा

झापाको कनकाई नगरपालिकाका दुई सय तीन जना महिलालाई सुत्केरी पोषण सामग्री वितरण गरेको छ । उपप्रमुख सुत्केरी पोषण कार्यक्रम अन्तरगत चालू आर्थिक वर्षको फागुन महिनासम्म नगरभरिका दुई सय तीन जनालाई पोषण सामग्री वितरण गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षण नारायण अधिकारीले जानकारी दिए । उनीहरुलाई सुत्केरी पोषण वापत रू तीन हजार प्रदान गरिएको उनले बताए ।  

नगरमा पहिलो पटक एक हजार एक सय ७५ जना गर्भवतीले गर्भ जाँच गराएका छन् भने नेपाल सरकारको प्रोटोकल अनुसार आठ पटक तीन सय आठ जनाले गर्भ जाँच गराएका छन् । नगर अस्पतालबाट चालू आवको साउनदेखि हालसम्म ४५ जना महिलाले सामान्य सुत्केरी गराएको उनले बताए । 

 नगरका नौ वटै वडामा डेंगु रोग नियन्त्रणका लागि चार सय ३७ जनालाई अभिमुखीकरण दिएको छ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन अन्तरगत चार हजार तीन सय ५६ जना बालबालिकाले भिटामिन ए, तीन हजार नौ सय ६३ जनालाई र जुकाको औषधि सेवन गराएको छ ।

नेपाल सरकारले दिएको प्रोटोकल अनुसारका विभिन्न ७९ प्रकारका औषधी तथा सामग्रीहरु कनकाई नगरपालिका अन्तरगतका ९ वटै सरकारी स्वास्थ्य संस्थामा वितरण गरिँदै आएको छ । निर्देशिका अनुसार ७२ जनालाई विपन्न नागरिकलाई सूचीकृत अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस गरिएको छ ।

नगर क्षेत्रमा मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी तथा मेरुदण्डको पक्षघात भएका ११० जना बिरामीलाई मासिक रू पाँच हजारका दरले उपलब्ध गराइँदै आएको जनस्वास्थ्य निरीक्षण नारायण अधिकारीले जानकारी दिए । 

माघ २२ देखि २८ गतेसम्म सञ्चालित महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अन्तरगत विद्यालयमा अध्ययनरत कक्षा–६ देखि कक्षा–१० सम्मका छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्षका किशोरी गरी दुई हजार पाँच सय ८१ जना खोप लगाइएको छ ।

प्रजनन् रुग्णता कार्यक्रम अन्तरगत नगरपालिकाका पाँच सय ७७ जना महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच र २८ जना महिलाहरुको आङ्ग खस्ने समस्याको पहिचान र व्यवस्थापन गरिएको छ । कनकाई नगरपालिकाभरि २२ जना महिला स्वास्थ्य स्वयम्सेविका नगरको स्वास्थ्य प्रबद्र्धनमा क्रियाशील रहेका छन् ।