सन्तोष न्यौपाने ÷झापा
झापाको हल्दिबारी गाउंपालिकाले १ हजार ९ सय सुत्केरी पशुलाई पोषणयुक्त आहार वितरण गरेको छ । पालिकाले तीन बर्षमा सो सङ्ख्याका सुत्केरी गाई–भैंसीलाई पोषण प्याकेज वितरण गरेको हो ।

करीब २२ लाख ८० हजार मुल्य बराबरको जुका, नाम्लेको औषधि, आइरन, क्यालसीयम, किर्ना मार्ने औषधि लगायतका पोषणयुक्त प्याकेज वितरण गरेको पालिकाले जनाएको छ ।
सुत्केरी भएका पशुलाई पोषणयुक्त आहार आवश्यक पर्ने भएका कारण र दूध उत्पादक किसानलाई प्रोत्साहन होस् भनेर सुत्केरी पोषण प्याकेज कार्यक्रम गरिरहेको पशुंपंछी तथा मत्स्य विकास शाखाका पशु चिकित्सक सानुमाया श्रेष्ठले जानकारी दिइन ।

_1736908732.jpg)
हल्दिबारी गाउंपालिकाले आर्थिक बर्ष ०७९÷८० मा सात सय ९० वटा सुत्केरी गाई, भैंसी , आर्थिक बर्ष २०८०÷८१ मा ६ सय ३९ र चालु आवको फागुण महिना सम्ममा चार सय ७१ वटा पशुलाई पोषण प्याकेज वितरण गरिएको उनले बताइन ।
कोशी प्रदेश सरकारबाट सशर्त अनुदानमा ५० लाख र गाउँपालिकाको १४ लाख २८ हजार आठ सय १४ रूपैयाँ लागतमा भ्याट सहित ६२ लाख ९२ हजार ५ सय ५१ रूपैयाँ लागतमा हल्दिबारीले आफ्नो छुट्टै पशु अस्पताल केहि समय अघि सञ्चालनमा ल्याएको थियो ।

अस्पताल सञ्चालनपछि पशुजन्य उत्पादनमा वृद्धि र किसानहरूलाई आर्थिक रूपमा सशक्त बनाउन भूमिका खेलेको पालिकाको प्रमुख प्रशासकिय अधिकृत मानबहादुर बन (महेन्द्र) को भनाई छ ।
अस्पतालले सामान्य, माईनर सर्जिकल, गाईनोकोलोजिकल, लम्पि स्किन रोग उपचार ३३ हजार ७० वटा पशुको गरेको छ । त्यस्तै गोरु, रागाँ, बोका, बङ्गुर, कुकुर गरी १ सय ९६ वटाको बन्ध्याकरण सेवा, गोबर, पिसाब र दुध प्रयोगशाला परिक्षण सेवा १ हजार १ सय १३, रेबिज, लम्पि स्किन, खोरेत, पिपिआर, स्वाईन फिवर गरी ७ हजार ५ सय ९३ खोप सेवा, गाई भैंसी, बाख्रा गरी २ हजार १ सय ४४ वटामा कृतिम गर्भाधान सेवा, गाई, भैंसी, बाख्रा, बंगुर २ सय १७ वटामा बिमा सेवा प्रदान गरेको पशु चिकित्सक सानुमाया श्रेष्ठले जानकारी दिइन ।