बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोषमा संघका कार्यसमिति सदस्यद्वय डिल्लीराम कोइराला र विश्वेश्वरप्रसाद बजगाँई विपीनले आफ्नो जन्म दिनको अवसर पारेर रकम प्रदान गरेका छन् । उनीहरुले कोष वृद्धिमा सहयोग पु¥याउन भन्दै संघका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गरेका हुन् ।
बिर्तामोडका युवा व्यवसायी कोइरालाले कोषका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ र वजगाँईले पनि ५५ हजार ५ सय ५५ रुपैयाँ रकम बरावरको चेक प्रदान गरेका छन् ।

संघका अध्यक्ष न्यौपाने , कोषका संयोजक राजकुमार घिमिरे राजु सहितका पदाधिकारीलाई उनीहरुले उक्त रकम प्रदान गरेका हुन् । सो अवसरमा उनीहरुलाई बिर्तामोड उद्योग वाणिज्य संघले जन्म दिनको शुभकामना सहित कदरपत्रद्वारा सम्मान गरेको छ । कार्यक्रमको संचालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

_1736908732.jpg)