हल्दीबारी । 

हल्दीबारी गाउँपालिकाले आगामी बैशाख ३ गते स्थानीय सार्वजनिक बिदा दिने भएको छ । पालिकाले शुक्रवार एक सूचना जारी गर्दै ३ गते स्थानीय बिदा दिने निर्णय गरेको हो । 

चैत २८ गतेको बसेको कार्यपालिका बैठकले स्थानीय सार्वजनिक बिदा दिने निर्ण गरेको थियो ।  

मेचे जातिको भाषा, धर्म, संस्कृति लोप हुने अवस्थालाई दृष्ट्रिगत गरी त्यसको संरक्षण र प्रवद्र्धन गर्न वैशागु बथर पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर बन महेन्द्रले जानकारी दिए । 

गाउँपालिकाको कार्यालय र अन्तर्गत रहेका बडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा विद्यालयहरुमा एक दिन स्थानीय सार्वजनिक विदा दिने नियर्ण भएको सुचनामा उल्लेख छ ।