ओली वंश समन्वय समिति नेपाल जिल्ला कार्यसमिति झापाको अध्यक्षमा पुनः भवानीप्रसाद ओली चयन भएका छन्।
आज बिर्तामोडमा सम्पन्न १५औं साधारण सभा तथा एघारौं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालकालागि भवानी अध्यक्षमा चुनिएका हुन्। त्यस्तै उपाध्यक्षमा पनि पुनः निरजकुमार ओली सचिव राजेन्द्र ओली , सहसचिव भुपाल ओली , सहसचिव कैलाश ओली , कोषाध्यक्ष यादवकुमार ओली चयन भएका छन् ।

त्यस्तै सदस्यमा ध्रुवप्रसाद ओली, लक्ष्मी प्रसाद ओली , सरोज ओली, तेजकुमार ओली , पदम ओली, सुनिता ओली, यशोदा ओली, हिमाल ओली , सूर्यप्रसाद ओली, भीष्मप्रसाद ओली , सुनिल ओली चयन भएका छन् । ओली वंश समन्वय समिति नेपालका संरक्षक नारायणप्रसाद ओलीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष निरजकुमार ओलीले गरेका थिए।

_1736908732.jpg)
कोषाध्यक्ष यादव ओलीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र ओलीले गरेका थिए ।

उद्घाटन कार्यक्रममा ८५ वर्षभन्दा माथिका १६ जना जेष्ठ नागरिकलाई नगद २ हजार ५०० र दोसल्ला ओडाएर सम्मान गरिएको थियो।
त्यस्तै ओली वंश मध्येबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
एसइइमा उत्कृष्ट अंक ल्याउने चारजना र कक्षा १२ बाट दुईजना गरी छ जना विद्यार्थीलाई नगद २हजार ५०० सय सहित दोसल्ला ओढाएर प्रमाणपत्र सहित गरिएको थियो। त्यस्तै स्थापना काल २०४७ चैत १६ गतेदेखि ओलीवंशको समितिमा रहेर लगातार काम गरिरहेका यादवकुमार ओली र उमानाथ ओलीलाई समेत सम्मान गरिएको थियो ।