झापाको मेचीनगर १४ स्थित दुहागढीमा रहेको श्रीकृष्ण प्रावीका पूर्व विद्यार्थी समाजको आयोजनामा नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदानसँगै उपहार वितरण कार्यक्रम गरिएको छ ।
आज शनिबार विद्यालयको प्राङ्गणमा एक कार्यक्रमका बीच नव वर्ष २०८२ सालको शुभकामना आदानप्रदानका साथै उपहार वितरण कार्यक्रम सम्पन्न गरिएको हो।

मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यता एवं पूर्व विद्यार्थी समाजका अध्यक्ष मिलन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यार्थी समाजका उपाध्यक्ष चन्दा कट्टेलले गरेकी थिइन्।

_1736908732.jpg)
कार्यक्रममा प्रमुख अतिथि भण्डारी विशिष्ट अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, १४ का वडाध्यक्ष बाबुलाल सुब्बा , अभिभावकका तर्फबाट कृष्ण रिजाल ,मेचीनगर १४ का जनप्रतिनिधि दीपक सुवेदी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेका थिए।

पूर्व विद्यार्थी समाजका सचिव प्रेम पौडेलले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका संस्थापक प्रधान अध्यापक मोहनकुमार खड्काको अस्ट्रेलियामा हाल बसिरहेका छोरा रोहित खड्काले बाबु मार्फत नगद २ लाख विद्यालयलाई सहयोग गरेका छन्।
उपहार कार्यक्रम आयोजना अन्तर्गत पाँच लाख रूपैयाँ सङ्कलन गरी १ लाख ७० हजार बराबर खर्च गरेको र ३ लाख स्कुललाई प्रदान गरेको विद्यार्थी समाजका अध्यक्ष मिलन शिवाकोटीले जानकारी दिए ।
अध्यक्ष शिवाकोटीका अनुसार प्रथम हुनेलाई गियरवाला साइकल एक थान , द्वितीय हुनेलाई कुलर एक थान , तृतीय हुनेलाई मोबाइल दुई थान , चौथो हुनेलाई लेडिज साइकल एक थान , पाँचौं हुनेलाई १० वटा आइरन , त्यसैगरी छैटौं हुनेलाई २० वटा वालगाडी वितरण गरिएको थियो। मेचीनगर नगरपालिका भित्रकै उत्कृष्टमा पर्न सफल कृष्ण प्राविमा पछिल्लो केही वर्ष यता पूर्व विद्यार्थी समाजले विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।
पूर्व विद्यार्थी समाजले गरेको सहयोग प्रति प्रधान अध्यापक सीताराम मिश्रले धन्यवाद ज्ञापन गरेका थिए