झापाको बिर्तामोड ३ स्थित बिर्ता बजारमा हनुमान जयन्तीको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ। हनुमानजयन्तीको अवसर पारेर हिजो शनिबार श्रीदेवीगुठी मठमन्दिर संरक्षण एवं पूजा समिति बिर्ता बजारले झांक्री सहित शोभा यात्रा गरेको हो।
मन्दिर परिसरमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले आफ्नो संस्कृति र पहिचानलाई जीवन्त दिनका लागि सबैले जोड दिनुपर्ने बताए ।

उनले भावी पुस्तालाई जानकारी दिनका लागि पनि संस्कृति बचाउन आवश्यक रहेको धारणा राखेका थिए।
मठमन्दिर संरक्षण एवं पूजा समितिका अध्यक्ष वासुदेव माझीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक संजय कुमार शर्माले गरेका थिए।

_1736908732.jpg)
कार्यक्रमको सञ्चालन मन्दिर संरक्षण समितिका सदस्य तुलसी ढकालले गरेका थिए ।

हनुमान जयन्तीको पावन अवसरमा हनुमान मन्दिर परिसर बिर्ता बजारबाट हनुमान झाँकी सहित शोभा यात्रा निस्किएको थियो।
शोभा यात्रा बिर्ता बजार, बिर्तामोड मुक्तिचोक हुँदै अदुवा खोला र पुरानो भद्रपुर रोड हुँदै बिर्ता बजारमा आएर समापन भएको थियो ।
२०४० सालमा स्थापना भएको मन्दिरले आफ्नो संस्कृति पहिचानलाई जीवन्त राख्नका लागि प्रत्येक वर्ष यस्ता किसिमको कार्यक्रम गर्दै आएको मन्दिर समितिका सदस्य तुलसी ढकालको भनाइ छ। उनले भावी पुस्तालाई जस्ताको तस्तै संस्कृति हस्तान्तरणका लागि पनि संस्कृति र आफ्नो धर्म परम्परा बचाउन यो कार्यक्रम गरिँदै आएको बताए