हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ र ५ सिमाना जोड्ने  सडक कालोपत्रे सम्पन्न भएको छ । हल्दीबारी ४ र ५ को सिमाना जोडने धनुष पोखरीदेखी हल्दीबारी गाउँपालिका कार्यालय हुँदै धाधरपाडासम्म पुग्ने बाटो कालोपत्रे सम्पन्न भएको हो । 

बहुबर्षिय योजना अन्तरगतको उक्त सडक ११४० मिटर लम्बाई र ५।५ मिटर चौडाई रहेको हल्दीबारी–४ का वडाध्यक्ष तथा पूर्वाधार संयोजक सन्तकुमार थापाले जानकारी दिए । उक्त सडक एक करोड २२ लाख ८३ हजार १६ रुपैयाँ ४१ पैसाको लागतमा केके आर कन्ट्रस्क्शन झापाले ठेक्का लिएको थियो । 

सडक कालोपत्रेका लागि २०८१ असोज १५ गते सम्झौता भने चैत २९ गते सम्पन्न भएको वडाध्यक्ष थापाले बताए । सडक कालोपत्रे सम्पन्नको अवसरमा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ९महेन्द्र०, इन्जिनियर, प्राबिधिकलगायतको सडकको निरिक्षणसमेत  गरेका थिए ।