बिर्तामोड : आर्थिक अभावले बिर्तामोडका एक बालकको उपचारमा समस्या भएको छ ।  बिर्तामोड ५ जात्रुवारीका बोनम्यारोपीडित चार वर्षीय बालक उज्वल ठाकुरको उपचारमा आर्थिक अभाव भएको हो । 

बुवा मुकेश ठाकुर र आमा पिंकी राजवंशी ठाकुरले छोरा उज्वलको बोनम्यारोमा समस्या आएपछि आर्थिक अभावले उपचारमा समस्या आएको जानकारी दिए । 

WhatsApp Image 2025-04-15 at 18.54.34

चिकित्सकको परामर्श पश्चात भारतको चेन्नईमा उपचारका लागि लैजानुपर्ने  छोरालाई आर्थिक अभावमा उपचार गराउन समस्या भएपछि ठाकुर परिवार अहिले ठुलो संकटमा छ ।  

बालकलाई चिकित्सकले भारतको चेन्नईमा लैजान सुझाएको तर, आर्थिक अभावका कारण लैजान नसकिएको ठाकुरले  बताए । डाक्टरले उनको थप उपचारका लागि २५ लाख भारु करीब नेपाली ४० लाख रुपैंया लाग्ने भनेपछि समस्या भएको ठाकुरको भनाई छ । 

उनीहरुले यस अघि पनि रोग पहिचानकालागि बिर्तामोडको कन्काई, बिएण्डसी हुंदै भारतका बिभिन्न अस्पताल पु¥याउंदा करीब २० लाख रुपैंया खर्च भइसकेको जनाएका छन् । दाता सहित आफन्तसंग ऋण खोजेर उपचार गरिएको मुकेशले बताए । 

आर्थिक अवस्था कमजोर रहेका बालकका बुबा मुकेशको बिर्तामोड स्थित इलाका प्रहरी कार्यालय दक्षिण पट्टि सानो सैलुन छ । 

उनले त्यहींबाट हुने आम्दानीले बालकको उपचार सहित घर खर्च जुटाउंदै आएका छन् । ४ महिनाको समयदेखि बीरामी भएको परिवारले जनाएको छ । 

सम्पत्तीको नाममा हाल केहि नभएका ठाकुरका बुबा आमाले छोराको  उपचार गर्न सकस भएको भन्दै दाता गुहारेका छन् ।

बालकको उपचारमा सहयोग गर्न चाहने इच्छुक दाताले बालकका बुबा मुकेश ठाकुरको बिर्तामोड स्थित नेपाल एसबिआई बैंक लिमिटेडको १८२१५२४९९००६९० मा रकम जम्मा गर्न सकिने जनाइएको छ ।