बिर्तामोड । 

झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले प्रि–प्राइमरी लेभल पास भएर प्राइमरी लेभलमा प्रवेश गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको छ । 

बिद्यालय परिसरमा आज बुधवार  एक समारोहका बीच कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले विद्यार्थीहरुलाई दीक्षित गरेकी हुन् । 

कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख प्रसार्ईले नानीबाबुहरुलाई टोपी लगाएर दीक्षित गरेकी हुन् ।

उनले किताबी ज्ञान मात्र नभई व्यावहारिक ज्ञानका साथै  बालबालिकाहरूलाई सानैदेखि संस्कार संस्कृतिसँगै पठनपाठनको विकास गर्न आवश्यक रहेको बताएकी छिन् । 

लिंकन मण्डेश्वरीका सञ्चालक सरोज पौडेलका अनुसार विद्यार्थीहरूलाई हौसला प्रदान गर्नका लागि यस्ता प्रकारका कार्यक्रमहरु महत्वपूर्ण हुने बताए ।

उनले लिंकन मन्टेश्वरी स्कुलमा यस्ता किसिमका कार्यक्रमसँगै बालमैत्री वातावरणमा पठनपाठन भइरहेको बताएका छन् । लिङ्कन मन्टेश्वरी स्कुलले प्रत्येक वर्ष विद्यार्थीको क्षमता विकासका लागि विभिन्न कार्यहरू गर्दै आएको छ  । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका ३ नम्बर वडाका वडा सदस्य हरि बास्कोटा, मनकामना स्कुलका प्रिन्सिपल केशव ढुंगाना,  आदर्श म्यानेजमेन्ट अफ कलेजका प्रवन्धक संजोग खरेल,  शैक्षिक व्यक्तित्व माधव पराजुलीलगायतको आतिथ्य रहेकाने थियो । 

कार्यक्रमको औचित्यसहित स्वागत तथा सञ्चालन स्कुलका सञ्चालक सरोज पौडेलले गरेका थिए । सोही कार्यक्रमकाबिच नयाँ बर्ष २०८२ को शुभकामना आदान–प्रदानसमेत गरिएको थियो ।