कनकाई : झापाको कनकाई नगरपालिका २ स्थित हेप्पी ल्याण्ड फनपार्कमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

आज दिउंसो फनपार्कमा शिवसताक्षी नगरपालिका ९ का ४५ वर्षीय सन्तोष लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो।  

सोही फोनपार्कमा बिजुलीको काम गर्ने लिम्बू फनपार्कमा बिजुलीको मर्मत कार्य गरिरहेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि कनकाई नगर अस्पतालमा लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ उपचारमा संलग्न चिकित्सकले मृतक घोषित गरेका थिए । 

घटनाका सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।