कनकाई : झापाको कनकाई नगरपालिकाले चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा साढे छ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ ।

नगरपालिकाले चालू आर्थिक वर्ष २०८१ साउनदेखि चैत सम्ममा ६ करोड ५० लाख ९७ हजार आठ सय ३८ रुपैयाँ विभिन्न शीर्षकमा राजश्व संकलन गरेको नगरपालिकाका सूचना अधिकारी खगेन्द्र मिश्रले जानकारी दिए । 

नगरपालिकाले आन्तरिक तर्फ ५ करोड ३० लाख ३० हजार ८ सय ५२ रुपैयाँ र घर जग्गावापत १ लाख ८७ हजार १३ रुपैयाँ संकलन गरेको छ । नगरले ८ करोड ७८ लाख ४० हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य लिए पनि ७४।१ं० प्रतिशत प्रगति हासिल भएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, नगरपालिकाले सोही अवधिमा १७ लाख ४ हजार ५ सय ३ रुपैयाँ ७४ पैसा राजश्व छुट गरेको छ भने जरिवाना वापत २ लाख १२ हजार ७ सय ७८ रुपैयाँ ७५ पैसा संङ्कलन गरेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।