धुलाबारी ।
पूर्वकै अब्बल शैक्षिक थलो मेचीनगरको इष्ट होराइजन अंग्रेजी माविमा भव्य दिक्षान्त समारोह आयोजना गरिएको छ ।

विद्यालयको सभाहलमा सोमबार आयोजित अभिभावकहरुको भव्य उपस्थितिमा साना कक्षाका विद्यार्थीलाई दिक्षित गरिएको हो । विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने उदेश्यले दिक्षान्त समारोह आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सन्जिव राईले बताए ।
भविष्यमा स्नातकोत्तर गरेपछि पाउने उपाधिको क्षणलाई सम्झना स्वरुप विद्यार्थीमाझ अभ्यास गरिएको उनी बताउँछन् ।

_1736908732.jpg)
विद्यालयमा अध्ययनरत कक्षा २ र ३ का १०४ जना विद्यार्थीलाई दिक्षित गरिएको थियो । अभिभावकको उपस्थितिमा उनीहरुलाई कालो टोपी, फूल र प्रमाणपत्र पत्र वितरण गर्दै सम्मान गरिएको हो ।
दिक्षान्त समारोह अन्तर्गत बुधबार कक्षा नर्सरीका ५१ जना, कक्षा ५ र ६ का १५३ जना विद्यार्थीलाई दिक्षित गरिने विद्यालयका शिक्षक महेश खड्काले जानकारी दिए ।

विद्यालयका प्रिन्सिपल राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासक सावित्रा सापकोटा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक विकास ग्वालले गरेका थिए ।
पौष्टिक आहारका कुरा
सोही अवसरमा बीएन्डसी अस्पतालले स्वास्थ्य सम्बन्धी जानकारी दिएको छ । यसअघि नै बीएन्डसी अस्पताल र इष्ट होराइजन विद्यालयबीच स्वास्थ्य सम्झौता भएको छ । सम्झौता अनुसार विद्यालयसँग जोडिएका विद्यार्थी, शिक्षक तथा कर्मचारी लगायतले उपचारमा विशेष छुट पाउनेछन् ।
बीएन्डसी अस्पतालका कार्यक्रम संयोजक गोविन्द खनालले खानपानका विषयमा अभिभावकहरुलाई जानकारी गराए । उनले आफ्ना नानीहरुलाई खानपानमा विशेष ध्यान दिनुपर्ने बताए । यस्तै, डा। नीता श्रेष्ठले पौष्टिक आहारका विषयमा जानकारी गराएकी थिइन् ।
मन्टेश्वरी शिक्षा
यस्तै, नेपाल पुष्पाञ्जली मन्टेश्वरी शिक्षालयकी प्रिन्सिपल मीरा शर्माले अभिभावकले नानीहरुलाई गर्ने व्यवहारका विविध विषयमा प्रस्तुती दिएकी दिइन् ।
उनले आफ्ना नानीबाबुहरुलाई असल संस्कार सिकाउन अभिभावकहरुको महत्वपूर्ण भूमिका रहने चर्चा गरिन् ।