झापा  । 

संयुक्त पहिचानवादी मोर्चा जिल्ला समन्यवय समिति झापाको संयोजकमा एलवी पालुङ्वा चयन भएका छन् । झापाको बिर्तामोडमा आज ९बिहीवार० आयोजित मोर्चाको भेलाले पालुङ्वालाई सर्वसम्वत संयोजकमा चयन गरेको हो ।

चार वटा पहिचानबादी पार्टीहरुको एकीकरणपछि संयुक्त पहिचानवादी मोर्चा गठन भएको हो ।

केपी पालुङ्वाले नेतृत्व गरेको नेपाल जनमुक्ति पार्टी, डा। महेन्द्र लावतीले नेतृत्व गरेको पहिचानवादी मोर्चा, ज्ञानवहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी र डकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको पहिचानका लागि प्रदेश नम्वर १ पुनः नामाङ्कन अभियान समिति एकीकरण भएर संयुक्त मोर्चा तयार भएको हो ।

मोर्चाको सह–संयोजकमा भावनी विक्रम सेलिङ, दिनेश किराती मावो, हरि चौधरी, नीर वहादुर राई, कालिवहादुर खेवाङ, गंगा दुलाल, संगम खनाल, थीरवहादुर खवास र सदस्य सचिवमा प्रमेश थापा चयन भएका छन् ।

पालुङ्गाको नेतृत्वमा ७९ सदस्यीय झापा जिल्लाको मोर्चा तयार भएको हो भने १३ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । छरिएर रहेका पहिचानवादी शक्तिहरुलाई एकीकरण गर्ने अभिप्रायले जिल्ला नेतृत्व तयार गरिएको संयोजक पालुङ्वाले बताए ।

पहिचानवादी मोर्चाका जिल्ला संयोजक अग्नि मेचेको अध्यक्षतामा भएको कार्यक्रममा संयुक्त पहिचानवादी मोर्चाका संयोजक डकेन्द्र सिंह थेगिमको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि थेगिम, नेपाल जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष भक्त खेवाङ, संयुक्त पहिचानवादीका नेता, त्रिनारायण राजवंशी, संयुक्त पहिचानवादी मोर्चाका सचिवालय सदस्य खगेन्द्र

माखिम, नेपाल जनमुक्ति पार्टीका नेता संजुहाङ पालुङ्वा, ज्ञानवहादुर गुरुङ, नागरिक उन्मुक्ति पार्टीका संघीय अध्यक्ष ज्ञानवहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत पहिचानवादी मोर्चाका सदस्य सचिव प्रमेश थापा मगरले गरेको कार्यक्रमको संचालन जनमुक्ति पार्टी झापा सचिव पदम कन्दङ्वाले गरेका थिए ।