बिर्तामोडबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ। मोटरसाईकल चोरीका सूचनाहरु प्राप्त भए सँगै इलाका प्रहरी कार्यालय बिर्तामोडले आफ्ना मातहतका युनिटसँगै सक्रियतापूर्वक आफ्नो सादा पोशाकमा  प्रहरी परिचालन गर्दै विशेष अप्रेसन सञ्चालन गरेर मोटरसाइकिलसहित चारजनालाई पक्राउ गर्न सफल भएको प्रहरी स्रोतले जनाएको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी   विजय श्रेष्ठले मोटरसाइकल चोरीमा केही व्यक्तिहरू पक्राउ गरिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताउँदै उनले अनुसन्धान पूरा भएपछि जानकारी दिने बताए । 

स्रोतका अनुसार कन्काई ६  का रन्जित राजवंशी बिर्तामोड ३ का कुमार राजवंशी र बिर्तामोड ७ का जागिर आलमलाई पक्राउ गरेको हो। अर्का एकजना पनि प्रहरीले पक्राउ गरेको छ।

कन्काईका रन्जित र बिर्तामोडका कुमार चोरीमा संलग्न व्यक्ति हुन् ।  उनीहरू ले बिर्तामोड ७ का जागिर आलमलाई मोटरसाइकल चोरेर  बेच्ने गर्दथे। प्रहरीले एक थान सुपर स्प्लेन्डर एक थान , एभेन्जर एक थान साइन र एक थान पल्सर बाइक उनीहरूको साथबाट बरामद गरेको छ।

 उनीहरुले चोरीका मोटरसाइकलमा नक्कली नम्बर प्लेट हालेर चलाउँदै आएका थिए। 

बिर्तामोडमा लामो समयदेखि मोटरसाइकल विभिन्न स्थानबाट चोरी हुँदै आएको छ।

केही साता अगाडि बिर्तामोडको कमाण्ड सम्हाल्न आइपुगेका डिएसपी श्रेष्ठको सक्रियतामा मोटरसाइकल सहित चोरीमा संलग्नलाई पक्राउ गरेसँगै स्थानीयले खुसी व्यक्त गरेका छन्।