झापा, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराईलाई पितृ शोक परेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश सचिव समेत रहेका भट्टराईका पिता रामप्रसाद भट्टराईको ८६ वर्षको उमेरमा निधन भएको हो ।

केही समयदेखि अस्वस्थ रहेका भट्टराईको आइतवार हल्दिवारी २ स्थित निवासमा निधन भएको हो ।
भट्टराईका श्रीमती जानुका भट्टराई सहित तीन छोरा र सात छोरी रहेका छन् ।

भट्टराईका तीन छोरा वुहारीहरुमा कुमार– सीता, मोहन– टिका धनपति – रमा भट्टराई रहेका छन् ।


सात छोरीहरुमा गोमा कँडेल, प्रेमकुमारी कँडेल, लक्ष्मी खनाल, निर्मला पठक, सीता शिवाकोटी, सपना शर्मा र अम्विका शिवाकोटी रहेका छन् ।


पाँचथरको च्याङथापुमा जन्मिएका भट्टराई लामो समयदेखि हल्दिवारीमा रहेर सामाजिक क्षेत्रमा क्रियाशील रहेका थिए ।


भट्टराईको सोमवार कनकाई माइमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।