बिर्तामोड ।

झापा प्रहरीले अहिलेसम्मकै ठूलो परिणाममा भन्सार छलीको आशंकामा नेपाल भित्र्याइएको सामानसहित तीनवटा कन्टेनरलाई नियन्त्रणमा लिएको छ । 
Screenshot_20250519-065839_Facebook

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहानको नेतृत्वमा खटिएको प्रहरी टोलीले काँकरभिटा नाका हुँदै भित्र्याइएको मेसिनरी सामान सहितको ट्रकलाई आइतबार राति नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ।

टोलीले काँकडभिट्टाबाट  सामान बढी भएपनि कम भन्सार तिरेर राजस्व छली गरेको आशंकामा प्रहरीले उक्त कन्टेनरलाई नियन्त्रणमा लिएको हो।

भित्रयाएको  track combine harvester with starw collector and standard accessories नामको कृषि उपकरण बरामद भएको हो ।
भारतीय एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरको कन्टेनर ढुवानी गरिरहेको सामग्री बरामद भएको हो ।

बरामद सामानको मूल्य ३ करोड ६१ लाख रुपैया रहेको जनाइएको छ ।