बिर्तामोड
बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषका लागि युवा व्यवसायी निर्मलराज खत्रीले ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

युवा व्यवसायी खत्रीले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार संघको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच राहत कोषका लागि उक्त रकम संघका अध्यक्ष राजु न्यौपानेलाई प्रदान गरेका हुन्।
पूर्वेली ढुवानी सेवाका सञ्चालक खत्री विभिन्न संघसंस्थामा समेत आबद्ध छन्।

_1736908732.jpg)
श्रीमती रेनु खत्रीसहित संघमा आएका खत्रीले व्यवसायीलाई आपतविपत परेको खण्डमा सहयोग गर्ने हेतुले स्थापना गरिएको राहत कोषमा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए
सामाजिक अभियानका काममा जोडिन पाउँदा आफूलाई खुसी लागेको बताउँदै व्यवसायी खत्रीले कोषलाई थप मजबुत बनाउन सहयोग गरेको जानकारी दिए ।

आपतमा परेका व्यवसायीको सहयोगका लागि संघले गतवर्ष राहत कोष स्थापना गरेको थियो । कोषमा व्यवसायीले आफ्नो जन्मदिन र वैवाहिक उत्सवका अवसरमा रकम सहयोग गर्दै आएका छन् ।
कोषमा ५० लाख रुपैयाँ पुगेपछि व्यवसायीलाई राहत उपलब्ध गराउन सुरु गरिने संघका अध्यक्ष न्यौपानेले जानकारी दिए।
संघले व्यवसायी सदस्य राहत कोषमा १ करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । सङ्घको लक्ष्य अनुरूप व्यवसायीका तर्फबाट निरन्तर सहयोग उपलब्ध भइरहेको संघका कोषाध्यक्ष युवराज निरौलाले बताए ।
कोषका संयोजक राजु घिमिरेका अनुसार अहिलेसम्म कोषमा १८ लाखभन्दा बढी रकम जम्मा भइसकेको छ ।