बजाज मोटरसाइकलको बिर्तामोडका लागी आधिकारिक बिक्रेता मेचीपावर मोवाइल ट्रेडले पल्सर एन १२५ सार्वजनिक गरेको छ। 

झापाको बिर्तामोड स्थित वान स्टप  महल अगाडि आज साँझ एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, के गरेको बजाज कम्पनीका मार्केटिङ हेड अमितराज चालिसे,  बजाजका सेल्स हेड नरेन्द्र गौतम, बजाज कम्पनी

बिर्तामोडका  सञ्चालक मनोज वंशल ,दमक बजाज सोरुमका सञ्चालक राजेश बुढाथोकी,  इलाम बजाज सोरुमका सञ्चालक जनक खड्का , बलाजु सोरूम सञ्चालक घनश्याम बस्नेत लगायतले संयुक्त रुपमा उक्त मोटरसाइकल सार्वजनिक गरेका हुन् । 

IMG-20250520-WA0025

 नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाजको पल्सर N125 मा १२४.५८ सीसी एयर-कुल्ड, सिंगल स्पार्क २-भल्व इन्जिन छ जसले १२ पीएस पावर र ११ एनएम टर्क दिन्छ।

यसमा पनि ५ स्पीड ट्रान्समिशन र काउन्टर ब्यालेन्सर जस्ता फिचरहरू छन्। यो मोडल इन्धन सक्षमतामा पनि अग्रणी रहेको कम्पनीको दाबी छ।

मोटरसाइकल सार्वजनिक कार्यक्रममा नेपालका ख्याति प्राप्त गायकहरूले साङ्गीतिक प्रस्तुति समेत राखेका थिए।

गायक कमल खत्री ,सुगम पोखरेल, वाइबा उर्गेन प्रस्तुति समेत राखेका थिए। पल्सर एन १२५ मा विभिन्न फिचर र सुविधाहरू समेत रहेको भन्दै बुकिङ खुला रहेको जनाउँदै खरिद गर्नलाई ग्राहकहरुलाई आग्रह समेत गरिएको छ।