बिर्तामोड । 

राष्ट्रिय संयुक्त मोर्चाले हिन्दू राष्ट्र हुनु पर्ने मागसहित संघर्षका कार्यक्रम गर्ने जनाएको छ । मोर्चाले आज आइतवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी संघर्षका लागि राष्ट्रप्रेमी सवैलाई मिलाएर संयुक्त मोर्चा बनाउने मोर्चाका संयोजक रामचन्द्र बानियाँ क्षेत्रीले जानकारी दिएका हुन् । 

मोर्चाले हिन्दू राष्ट्र कायम गरियोस भनेर सधैं माग गरिरहेको बताउँदै भ्रष्ट पार्टी देश द्रोही नेता र तीनका निकम्मा झण्डाप्रति विद्रोह गरिरहेको जनाएका छ ।  गुठी विध्ययक जस्तै राजाको आव्हानमा लाखौं जनता सडकमा राष्ट्रिय झण्डा फहराउन भन्दै आफ्ना राजनीतिक माग प्रस्तुत गर्न सफल  भएको मोर्चाले आरोप लगाएको छ । 

बर्तमान सरकार आफू नाङ्गिएकोमा बोलाएर तिनकुनेमा निर्दोष निहत्या जनतामाथि फासिस्ट तरिकाले हमला गरेको मोर्चाले आरोप लगाएको छ । चार जना निर्दोष जनता र एक पत्रकारको निर्मम हत्या गरेर आन्दोलनकारीहरु माथि दोष थुपारेर अनेक यातना दिएको भन्दै उक्त घटनाको हदैसम्म भत्र्सना र निन्दा मोर्चाले गरेको छ । 

यस्तो बेला आफुलाई राजावादी भनाउन चाहने तर भित्री सारमा गणतन्त्र र बिदेशीका मतियार केही षडयन्त्रकारीहरुले आन्दोलनमा फुट ल्याउने र जनतामा आफूलाई मात्रै स्थापित गर्ने षड्यन्त्रकारी मनसायका साथ स्वघोषित मोर्चा अघि सारेर उत्कृष्ट गतिविधिहरु देखाउदै जनतामा यो दरवारकै चाहानाले भइरहेको भन्ने भ्रम पारेको संयोजक रामचन्द्रको भनाई छ ।


 विदेशी पैसा पाएपछि कमल थापाले राजतन्त्रको लागि जनमत संग्रहको षडयन्त्रकारी नारा लगाएको नबिर्सेको उनले बताए । पश्चिमाहरुबाट आर्थिक लाभ लिएर मण्डलेहरुका सबै गुटहरुले धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र भनेर हिन्दू धर्म र सभ्यतामाथि आघात गरेको संयोजक रामचन्द्रले बताए । 

एमालेसँगको राजेन्द्र लिङ्देनको साठगांठ र राजा मगर हुन भन्ने हिजो काँग्रेसको सक्रिय सदस्य भएर गणतन्त्रको विकल्प छैन भन्ने केशर बहादुर विष्टलाई नेपाली जनताले सजिलै माफ देलान र रु उनले प्रश्न गरेका छन् । राजा र हिन्दुत्वको नाममा आफ्नो कालो भ्रष्ट छबी धुने मौका खोजिरहेका मण्डलेहरुका अनेकौ कुकर्महरु भनेर साध्य नभएको उनले बताए  । 

सहकारी ठगबाट करोडौं असुलेर गीता बस्नेतलाई सांसद बनाउने र पैसा दिएन भनेर निर्विरोध महिला संघकी सभापति अन्जना शाह रावललाई पार्टीबाट निकाल्ने भ्रष्ट राजेन्द्र लिङ्देन र छोरालाई मन्त्री बनाउन नपाउँदा पार्टी फुटाउने केशरबहादुर विष्ट जस्ता व्यक्तिबादी स्वार्थी मण्डलेहरुले राजतन्त्र र हिन्दुराष्ट्रको कुरा गर्दैमा जनता आँखा चिम्लेरपछि लाग्ने भ्रम नफाल्न उनले आग्रह गरेका छन् ।  

२०६४ सालदेखि विदेशीले लादेको गणतन्त्र विरुद्ध लगातार जेलनेल र राजकाज मुद्दा आफुले खेपिरहेको  बताउँदै उनले कतिपय देशभक्त राष्ट्रवादी राजभक्त योद्धाहरुलाई भूमिका विहीन बनाउने मण्डलेहरुको देशी विदेशी स्वार्थ लादने प्रपन्चबाट सबै चनाखो हुनु पर्ने उनको भनाई छ । मण्डलेहरुले आफूलाई बाहेक अरुलाई उठ्नै नदिने र जनविद्रोहलाई आफ्नो स्वार्थी प्रपन्चको शिकार बनाउने गतिविधीको संयोजक रामचन्द्रले हदैसम्म विरोध गरेका छन् । 

उनले जेठ १५ गतेबाट घोषणा गरिएको कथित आन्दोलन नभएर विगत १७ बर्षदेखि सडकमा विद्रोहको आगो जलाइरहेका देशभक्त, वामपन्थी प्रजातन्त्रवादी र राष्ट्रवादी दलहरु विरोधी विदेशी बिधर्मीहरुको स्वार्थबाट मुक्त एक वृहत मोर्चा बनाई शान्तिपूर्ण जनआन्दोलनको मोर्चाको तयारीलाई सबैले सर्मथन गर्न आव्हानसमेत आव्हान गरेका छन् । पत्रकार सम्मेलनमा मोर्चाका झापा संयोजक विवेक दंगालको पनि उपस्थिति रहेको थियो ।