विराटनगर :  मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरुद्वारा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई कोशी प्रदेशमा स्वागत गरेका छन् ।

सोही अवसरमा उद्योग व्यपार संघकाका पदाधिकारीले वर्तमान शान्ति सुरक्षा लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरेका छन् । विराटनगर स्थित मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष अनिल कुमार साह तथा उपाध्यक्ष बिकास कुमार बेगवानी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा उद्योग व्यापार संघले कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रूकेश तण्डुकार तथा वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव उपरीक्षक अनमोल खड्कालाई समेत स्वागत गर्नुका साथै आगामी कार्यकालको शुभकामना व्यक्त गरेको थियो ।

हाल वडा प्रहरी, इलाका, जिल्ला र प्रदेश जुनसुकै तहमा प्रहरी प्रमुख आएसँगै स्वागत सम्मान गर्ने चलनजस्तै बनेको छ । अझ सीमावर्ती जिल्लामा दर्जनौं संघसंस्था स्वागत र बिदाइ गर्न लालायित देखिन्छन् ।