विराटनगर– कोशी प्रदेश प्रहरीले पछिल्लो दुई हप्तामा अपराध नियन्त्रण तथा फरार प्रतिवादी पक्राउमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार यस अवधिमा विभिन्न मुद्दाका ४५ जना फरार प्रतिवादी पक्राउ परेका छन्, जसबाट १६ वर्ष कैद र २६ लाख रुपैयाँ जरिवाना असुल भएको छ ।

फरार प्रतिवादी पक्राउलाई प्रहरीले ‘मिसन’कै रूपमा अघि बढाएको उहाँले बताउनुभयो । यस्तै, लागुऔषध नियन्त्रणमा पनि प्रहरीले सक्रियता देखाएको छ ।
सोही अवधिमा १२०० किलोग्राम गाँजा र ३०० ग्राम खैरो हेरोइनसहित विभिन्न लागुऔषध बरामद गरिएको छ । डीआईजी कार्कीले लागुऔषधलाई राष्ट्रिय चुनौतीको रूपमा उल्लेख गर्दै यसको नियन्त्रणमा जोड दिइएको बताए ।