बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले एकैदिन ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागूऔषध, ठगी र सट्टाबाजी मुद्दाका फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कायाृलय झापाका प्रबक्ता डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

उनीहरूलाई झापा जिल्ला अदालतमा उपस्थित गराइएकोमा जरिवाना दाखिला गरी छुटेको प्रहरीले जनाएको छ ।

_1736908732.jpg)