झापाका सामुदायिक तथा संस्थागत विद्यालयका बाल क्लब फोकल पर्सनलाई एक दिने तालिम प्रदान गरिएको छ ।  बिर्तामोड नगरपालिकाको आर्थिक सहयोग, बालबालिका तथा शिक्षा संचार मञ्चको समन्वय तथा समय संजाल मिडियाको आयोजनामा आज बिर्तामोडमा तालिम गरिएको हो । 

तालिममा ५० बढी बाल क्लब फोकल पर्सनहरूको  सहभागिता रहेको थियो । 

तालिमको बाल बालिका तथा शिक्षा सञ्चार मञ्च झापाका संयोजक सरोज पौडेलले  सहजीकरण गरेका थिए ।  बाल अधिकार, बाल संरक्षण, बाल सहभागिता, नेतृत्व विकास, तथा बाल क्लब सञ्चालनका लागि आवश्यक सीप र ज्ञानमा केन्द्रित प्रशिक्षण प्रदान गरेका थिए । 

WhatsApp Image 2025-06-02 at 06.24.22

कार्यक्रममा बाल संरक्षणका सिद्धान्तहरू, बालमैत्री वातावरण निर्माणका उपायहरू र व्यवहारिक कार्यशालाहरू समेत सञ्चालन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र प्रसाद संगा्रैलाले बाल क्लब फोकल पर्सनहरुलाई सपत ग्रहण गराउँदै आगामी बर्षबाट नगरले बालबालिकाको हक अधिकारलाई मध्य नगर गरेर बजेट बिनियोजन गर्ने  प्रतिबद्धता ब्यक्त गरेका छन् ।  

WhatsApp Image 2025-06-02 at 06.24.22 (1)

कार्यक्रममा सहभागी फोकल पर्सनहरुले आगामी बर्षमा गर्ने योजना तर्जुमा गरि नगर उपप्रमुखलाई हस्तान्तरण गरेका थिए । 

समय सञ्जालका सञ्चालक सरोज पौडेलको अध्यक्षतामा  भएको कार्यक्रममा न्युट्न्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईले शुभकामना मन्तव्य राख्दै यस्तो किसिमको कार्यक्रमले  विद्यार्थीको क्षमता विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । कार्यक्रमको सञ्चालन समय सञ्जालका कार्यकारी सम्पादक सृजन घिमिरेले गरेका थिए ।