बिर्तामोडमा स्वतन्त्र नागरिक समाजको गठन गरिएको छ। हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षतामा ३७ सदस्यीय स्वतन्त्र नागरिक समाज बिर्तामोड समितिको गठन गरिएको हो।

बिर्तामोडको किरात याक्थुङ चुम्लुङको सभाहलमा भएको स्वतन्त्र नागरिकहरुको भेलाले कन्दङ्वालाई समाजको अध्यक्षमा चयन गरेको हो।

नवगठित समितिको उपाध्यक्षमा केशव भण्डारी, सचिवमा रुमिला राई, सह(सचिवमा चेतनाथ निरौला, कोषाध्यक्षमा शसिता राई चयन भएका छन्। त्यस्तै सदस्यमा डिल्लीराम सुब्बा, बमो लिम्बू, रुपेश तिम्सिना, भरत हाङखोप्पा राई, सीता राई, बीरबहादुर राजबंशी,जयकला राई, मिलन लिम्बू, विजय साह ९ब्रिजू० लगायत रहेका छन्। यसअघि झापाको भद्रपुर, दमक र इलाममा समाजका शाखा गठन भइसकेको तथा मेचीनगरलगायत जिल्लाभर गठन प्रक्रिया जारी रहेको बताइएको छ।

हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षता तथा जनमुक्ति पार्टीका कोशी प्रदेश सचिव कृष्णकुमार थेवेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शसिता राईले स्वागत गरेकी थिइन्। 

कार्यक्रममा स्वतन्त्र नागरिक समाज भद्रपुरका सचिव समिता राई, स्वतन्त्र युवा समाजका केन्द्रीय अध्यक्ष केशव भण्डारी, तामाङ धेदुङ संघका केन्द्रीय सदस्य पदम तामाङ, आदिवासी जनजाति महासंघ झापाका पूर्व अध्यक्ष प्रेम घिसिङ, व्यवसायी तेजबहादुर राईलगायतले शुभकामना मन्तव्य राखेका थिए।


कार्यक्रमको सञ्चालन भीममाया नेम्बाङ कन्दङ्वा र रुमिला राईले गरेका थिए।