झापाको बिर्तामोड ५ मा रहेको न्युटन्स एजुकेसन एकाडेमीले अभिभावक तथा शिक्षक प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ ।
आज एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रोलाले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त वरिष्ठ प्रशिक्षक मनोपरामर्शदाता तथा उत्प्रेरक वक्ता ईश्वर श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत आज कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिइएको हो ।

_1736908732.jpg)
अभिभावक विद्यार्थीको पहिलो पाठशाला भएकाले अभिभावकलाई केही नयाँ ज्ञान दिन र उनीहरूमा देखिएका समस्या समाधानका लागि यो कार्यक्रम प्रभावकारी हुने विश्वासका साथ कार्यक्रमको थालनी गरिएको न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईले बताए ।

विद्यार्थी र अभिभावकमा हुने खराब आचरण अन्त्य गरेर असल बानी व्यवहारको सुरुवात ,जिम्मेवारीपनको विकासमा यस कार्यक्रमले थप टेवा पुग्ने उनको भनाइ छ । उनले कार्यक्रम मार्फत आफुले सिकेर बच्चालाई सिकाउन सकिने भएकाले यो कार्यक्रम सिक्ने र व्यवहारमा उतार्न सहज हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले विद्यार्थीलाई हौसला प्रदान गर्दै अभिभावकलाई थप जिम्मेवारी बनाउन यस कार्यक्रमले थप टेवा पुग्ने बताए ।
कार्यक्रममा अभिभावक र विद्यालयको उत्साह देखिएको छ । त्यसैगरी भोलि शुक्रबार कक्षा ६ देखि १० सम्मका विद्यार्थीका अभिभावकलाई र पर्सि शनिबार भने शिक्षकलाई अभिमुखीकरण प्रदान गरिने विद्यालयले जनाएको छ ।
कार्यक्रममा बिर्तामोड नगरपालिका ५ का वडाध्यक्ष रोहित प्रसाई, प्याप्सन जिल्लाका वरिष्ठ उपाध्यक्ष एच के पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए।
विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले स्वागत सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपी प्रसाईले गरेका थिए ।
बालबालिकाको पालनपोषण, स्याहारसुसार, सरसफाइ, सुरक्षा, स्वास्थ्य, उत्प्रेरणा र सिकाइ आदिका माध्यमबाट बालबालिकाको विकासमा ध्यान दिनुपर्ने कुरा र खेल्नुपर्ने भूमिकाबारे अभिभावकको क्षमता अभिवृद्धिका लागि दिइने शिक्षा नै अभिभावक शिक्षा हो।