बिर्तामोड ।
नेपाली कथानक चलचित्र ‘परिवर्तन’ को आज (शनिवार) शुभ मुहुर्त गरिएको छ ।

झापाको मेचीनगर–१३ स्थित चारआलीमा रहेको धार्मीक पाउ पाथीभरा मन्दिरमा एक कार्यक्रमका बिच चलचित्रको शुभ मुहुर्त गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले चलचित्रको शुभ मुहुत गरेका हुन् ।

_1736908732.jpg)
आगामी मंसीर महिना भित्रमा चलचित्र प्रदर्शनमा ल्याउने लक्ष्य रहेको चलचित्रका निर्माता दिपक शिवाकोटीले बताए ।
चलचित्र झापा, इलाम र मोरङ्गका बिभिन्न समणीय स्थलहरुमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।

यसैबीच नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समय बिताएका पूर्वको उर्वर ठाउँ झापाले जन्माएका कलाकार तथा निर्देशक विजय केरुङले चलचित्र ‘परिवर्तन’लाई निर्देशन गर्नेछन् ।
‘माझी दाई’, आमाको काख’ लगायत दर्जनौं सफल चलचित्र निर्देशन गरिसकेका केरुङले यस चलचित्रमा सामाजिक विषय वस्तु उपर इमान्दार प्रहरी अफिसरको कथालाई मुख्य विषय वस्तुका रुपमा प्रस्तुत गर्न लागेको बताएका छन् ।
यस चलचित्रले नेपालको सिमा सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको कालो सञ्जाल र गरीब, दुःखी तथा असहाय जनताको पीडादायी बाध्यतालाई पर्दामा उतार्ने निमार्ण टिमले जनाएको छ ।
चलचित्रको मुख्य भूमिकामा सुशील श्रेष्ठ र अञ्जना बराइली रहेका छन् । सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, याम खरेल लगायतका कलाकारहरूको पनि चलचित्रमा अभिनय देख्न पाइनेछ ।
दिब्यासी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रका मुख्य निर्माताका रुपमा झापाका युवा व्यवसायी दीपक शिवाकोटी रहेका छन् ।
समाज परिवर्तनका निम्ति व्यवसायबाट मात्र तृप्त नभएका शिवाकोटीले सामाजिक मुद्दालाई सशक्त रुपमा चलचित्र मार्फत पनि उठान गर्ने उद्देश्यले यो चलचित्र निर्माणमा हात हालेको जानकारी दिएका छन् । चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन् ।
यो चलचित्रले समाजमा देखिने कर्तव्य र भावना बीचको द्वन्द्व, एक प्रहरीको इमानदारी र मानवीय मूल्यहरूको टकराबलाई समेट्ने बताइएको छ ।
चलचित्रलाई छायंकन शिव ढकालले गर्दैछन् भने सम्पादन भूपेन्द्र अधिकारी, द्वन्द्व निर्देशन श्री श्रेष्ठ, नृत्य निर्देशन कमल राई, पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्दैछन् ।
सहायक निर्देशन नवराज शर्माले गर्ने भएका छन् भने प्रोडक्सन हेड अरुण रेग्मी रहने छन् । चलचित्रमा उत्तमजंग लिम्बुले संगीत दिएका छन् । चलचित्र २ करोड वढीको लगानीमा तयार गरिने निर्माण पक्षले जनाएको छ ।