काठमाण्डौ – काठमाण्डौ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले आज मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
काठमाण्डौको तीनकुनेमा चैत १५ गते राजावादीले गरेको आन्दोलन हिंसात्मक भएपछि मिश्र पक्राउ पर्नुभएको थियो । मिश्रमाथि राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसूरमा मुद्दा दर्ता भएको थियो ।
मिश्रसँगै पक्राउ पर्नुभएका राप्रपाका महामन्त्री धवलशमशेर राणा भने हिजो बेलुका तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसक्नुभएको छ । तीनकुने घटनाका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईं भने पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।