लागू औषधमुक्त समाज निर्माणमा युवा र समाजको भूमिका विषयक जिल्ला स्तरीय वक्तित्वकला आज बिर्तामोडमा सम्पन्न भएको छ। 

बिर्तामोड ५ स्थित न्यूटन्स एजुकेशन एकाडेमीको सभाहलमा आज लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर वक्तित्वकला गरिएको हो। 

जिल्ला प्रशासन कार्यालय झापाको आयोजना शिक्षा विकास तथा समन्वय इकाइको समन्वय प्याप्सन झापा एन प्याप्सन झापा र हिसान झापाको सहकार्यमा उक्त वक्तित्व कला कार्यक्रम आयोजना गरिएको जनाइएको छ । 

FB_IMG_1750780119994

 कार्यक्रममा झापा जिल्ला भित्रका १५ वटै स्थानीय तहको प्रतिनिधित्व गर्दै २९ जना विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएका थिए । 

 शिक्षा विकास तथा समन्वय इकाई झापाका इकाई प्रमुख कुमार बस्नेतको अध्यक्षता तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सशस्त्र प्रहरी २ नम्बर गणका एसपी तुलाराम भण्डारी शिक्षा युवा तथा खेलकुद शाखा बिर्तामोड शाखा प्रमुख तिलचन भण्डारी इकाइका शाखा अधिकृत युकमणि सबैहाङ एन प्याप्सनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठ केन्द्रीय सचिव सञ्जीव राई हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारी, बालबालिका सरोकार मञ्च झापाका अध्यक्ष सरोज पौडेल न्युटन्स एजुकेसन एकेडेमिका प्रिन्सिपल हुमागाई लगायतको उपस्थिति रहेको थियो। 

उक्त प्रतियोगितामा निर्णायकको रुपमा उद्धव बिष्ट प्राध्यापक डाक्टर गंगा अधिकारी र सावित्रा दाहाल रहेका थिए। 

१५ वटै पालिकाबाट सहभागी भएका २९ जना सहभागी विद्यार्थीमध्ये दमक स्थित हिन्दु शीतल कुँवरले प्रथम स्थान हासिल गरेका थिए। जयपुर अंग्रेजी बोर्डिङ  बुद्ध शान्तिको पूजन आचार्य द्वितीय, मेचीनगरको इस्ट होराइजन अंग्रेजी विद्यालय अङ्ग्रेजी विद्यालयकी रेजिना वन तृतीय, निहारिका इङ्लिस बोर्डिङ स्कुल कमल गाउँपालिकाकी छात्र जुनुदङ्गाल र मनमाया मावि छात्रा दिप्ती सुवेदी सान्तना पुरस्कारबाट पुरस्कृत भए । 

 प्रथम स्थान हासिल गर्ने सहभागीलाई रु १० हजारका दरले नगद ट्रफी मेडल र प्रमाणपत्र द्वितीय हुनेलाई ७००० र तृतीय हुनेलाई ५००० तथा सान्तोनातर्फ जनही १५००का दरले नगद ट्रफी मेडल तथा प्रमाणपत्र प्याप्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए।