काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना रहेका छन् भने ८९ हजार १२४ जनाले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् । २.४ देखि २.८ सम्म ४८ हजार ४७९ ले ल्याउँदा ४ हजार १२६ जना विद्यार्थीले २ देखि २।४ जीपीए पाएका छन् भने ८ जना २ जीपीएभन्दा कम ल्याएका छन् ।
त्यस्तै, १२६ जनाको परीक्षा रद्ध गरिएको छ । nepalpress.com