झापाको बिर्तामोड ५ स्थित न्युटन्स एजुकेशन एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गरेको  छ ।

विद्यालयले आज शनिबार विद्यालयको सभाहलमा २०८१ को एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उनका अभिभावकलाई बधाई तथा शुभकामना दिएको हो । विद्यालयका प्रिन्सिपल देबेन्द्र हुंमागाईले अघिल्लो बर्ष भन्दा यो बर्ष राम्रो रिजल्ट आएको बताए । उनले शिक्षक, विद्यार्थी र अभिभावकको योगदानका कारण उत्कृष्ट नतिजा आएको बताए । 

विद्यालयका प्रिन्सिपल देबेन्द्र हुमागांईको सभाध्यक्षता एवम् विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष नरेश भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

एसईईमा उत्तीण १०२ जना विद्यार्थीलाई विद्यालयले सम्मान गरेको हो । 

विद्यालयकी छात्रा श्र्रेयसी कार्कीले उत्कृष्ट अंक ल्याउंदै स्कुल टप गरेकी छन् । उनले ३.९५ जिपीए ल्याएकी छन् । शैक्षिक इन्चार्ज नोयल परेराले स्वागत गरेको कार्यक्रममा प्लस टु कोडिनेटर केवल सापकोटाले अब विद्यार्थीलाई बिषयगत छनोटका बिषयमा जानकारी दिएका थिए । अभिभावक संघका सदस्य जर्नादन बांस्कोटा, अभिभावकका तर्फबाट नारायण खरेलले समेत बोलेका थिए ।  

यस्तो छ न्युटन्सको नजिता 

बिद्यालयले ३.९५ जीपिएसहित यस बर्षपनि उत्कृष्ट नतिजा ल्याएको छ । बिद्यालयका अनुसार यस बर्षको एसईईमा एक सय २ जना बिद्यार्थी सहभागी थिए । 

जसमा ३५ जनाले ३.६ देखि ४.० जिपिए, ३५ जनाले ३.२ देखि ३.६ जिपिए, २५ जनाले २.८ देखि ३.२ जिपिए र ७ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन् ।  

उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै विद्यालयले भोली  असार १५ गते बिद्यालय बिदा दिने निर्णय समेत गरेको छ ।