बिर्तामोड । 

मिसन युएसए एजुकेशनल कन्सल्टेन्सीको शाखा झापाको बिर्तामोडमा विस्तार भएको छ ।  काठमाण्डौमा प्रधान कार्यालय रहेको मिसन युएसएको बिर्तामोडमा एकै पटक दुई वटा शाखा विस्तार भएको हो । शाखाको भोली आइतबार एक कार्यक्रमकाबिच उद्धघाटन गरिने आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । 

बिर्तामोड स्थित मेगा कम्प्लेक्सको तेस्रो तला  र हनुमान सेन्ट्रलमा शाखा कार्यालय स्थापना गरिएको छ ।  दुवै कार्यालयको कलाकार अञ्जना बराइली र शिक्षाबिद डा. रुपक खनालले उद्धघाटन गर्ने कार्यक्रम तय भएको व्यवस्थापक उज्वल गौतमले जानकारी दिए । 

पुर्व क्षेत्रका विद्यार्थीको मागलाई ध्यानमा राखेर दुई शाखा एकै पटक बिर्तामोडमा विस्तार गरिएको मिसन युएसएका संस्थापक सीइओ सञ्जय घिमिरेले पत्रकार भेटघाटमा जानकारी दिए । 

सन २००८ मा काठमाण्डौको डिल्लीबजारमा स्थापना भएको  मिसन युएसएको काठमाण्डौमा २ र चितवनमा एउटा शाखा  रहेको बताइएको छ । 

अमेरिका अध्ययन गर्न जाने चाहने विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखेर शैक्षिक परामर्शकालागि संस्था स्थापना  गरिएपनि भए पनि सबै विद्यार्थीको अमेरिकामा भिषा नलाग्ने भएकाले मिसन युएसएले अष्ट्रेलिया र युकेका लागि समेत विद्यार्थीलाई शैक्षिक परामर्श र सहजीकरणको काम गरंदै आएको सिइओ घिमिरेले प्रष्ट पारे । मेगामा रहेको शाखाको व्यवस्थापन सुनिता सिटौला र हनुमान  कम्प्लेक्सको उज्वल गौमले हेर्नेछन् भने यी दुबैको ब्यवस्थापन भने ब्रान्च डाइरेक्टर कमल सिग्देलले हेर्ने छन् ।  

ब्रान्च डाइरेक्टर सिग्देलले उद्घाटनको अवसरमा नयाँ विद्यार्थीहरुलाई २ हजारमा आइएलटीएसको कक्षा गराइने बताए । साथै सुविधा पनि रहेको बताए ।