बिर्तामोडको महेन्द्र रत्न माविको नयाँ भवनमा शुक्रबार बिहान १० बजेतिर विद्यार्थीहरूको चहल(पहल बढिरहेको थियो। विद्यार्थीहरूको अनुहारमा उत्साह उमङ्ग र जिज्ञासाहरू प्रष्ट झल्किन्थे। साना कक्षा दुई तिनका विद्यार्थीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरू उत्तिकै उत्साही देखिन्थे।
उनीहरूका साथमा आआफ्ना विद्यालयका एकएकजना गुरुहरू पनि आउनुभएको थियो। एकैछिनमा उनीहरु सबैले आआफ्नो प्रतियोगिताको लागि नाम दर्ता गराए र मुख्य सभाहलमा एकीकृत भए। कुन प्रतियोगिता कुन हलमा हुन्छ भन्ने उनीहरूमा जिज्ञासा त छँदै थियो। आयोजक परिवारले उनीहरूलाई आआफ्नो हलको बारेमा जानकारी पनि गराए। त्यसपछि सुरु भयो रमाइलो कार्यक्रम ।कोही बालगीत गाउन थाले । कोही चराचुरुङ्गी र जनावरहरूको आवाजको नक्कल गर्न थाले ।

कसैले कुकुरको कसैले बाख्राको कसैले उल्लुको आवाज निकाल्दा रमाइलो वातावरण सिर्जना हुन्थ्यो। कोही कागज काटेर विभिन्न सामग्रीहरु निर्माण गर्न थाले। कागजका फूलहरू शुभकामना कार्डहरू सजावटका सामग्रीहरू बनाएर आफ्नो प्रतिभा देखाएका थिए।
अर्कातिर छात्र छात्रा दुवै डोरीबाट नाम्ला दाम्ला र अन्य सामग्रीहरु निर्माण गर्न थाले। माध्यमिक तहका विद्यार्थीहरु भने एकैछिनमा कथा तयार पार्न कथा लेखन गर्न थाले।

_1736908732.jpg)
बिर्तामोड नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले हरेक वर्ष झैँ यस वर्ष पनि विद्यार्थीहरूमा रहेको प्रतिभा पहिचान तथा प्रदर्शन गर्ने कार्यक्रम थियो यो। बिर्तामोड नगर भरिका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गरी प्रत्येक विद्यालयबाट पाँचवटा विधामा एक एक जना विद्यार्थी सहभागी गराउन जानकारी गराएको थियो। कक्षा १, २, ३ का नानीबाबुहरूका लागि कागजबाट सामग्री निर्माण गर्ने प्रतियोगिता थियो भने कक्षा ४ ,५ का विद्यार्थीहरू आफ्नो पाठ्यपुस्तकमा भएका बालगीत
कविताहरूलाई सुमधुर स्वरले हाउभाउका साथ प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो। कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि भने परम्परागत सीपमा आधारित डोरीबाट विभिन्न सामग्रीहरु निर्माण गर्नुपर्ने थियो। कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरूको लागि भने खुल्ला रूपमा क्यारिकेचर गर्ने कार्यक्रम राखिएको थियो। कक्षा ९, १२ लाई थिममा आधारित भएर कथा लेख्नका लागि प्रतिस्पर्धा गराइएको थियो।

सबै विद्यार्थीहरू तल्लिनताका साथ आआफ्नो प्रतिभा प्रस्तुत गर्न थाले। निर्णायक मण्डलहरू को राम्रो भन्ने छुट्याउनका लागि प्रदर्शनी स्थलमै व्यस्त देखिन्थे। करिब एक घण्टा ३० मिनेट जति आफ्ना प्रतिभा प्रस्फुटन गरिसकेपछि उनीहरुले प्रस्तुत गरेका सामग्रीहरूको मूल्याङ्कन गरियो।
मूल्याङ्कनकर्ता हरू विभिन्न क्षेत्रमा अब्बल व्यक्तित्वहरू रहनुभएको थियो। विधागत रूपमा सुहाउँदा मूल्याङ्कनकर्ता हरू सिरो सानदाई टंक विकल्प युवराज रिजाल हस्त परियार इन्द्रसिंह राजवंशी लगायतको दुई दुई जनाको समूहले बालप्रतिभाहरूको मूल्याङ्कन गर्नुभएको थियो।
विद्यार्थीको उमेर र तह सुहाउँदा विषय शीर्षकहरूमा उनीहरुले प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए। विद्यालयहरूमा यस्ता प्रकृतिका कार्यक्रमहरू कमै मात्र हुने गरेको र यस्ता प्रतिस्पर्धामा विद्यार्थीहरूले भाग लिने अवसर नपाइरहेको अवस्थामा नगर शिक्षा शाखाको यो कार्यक्रमले ती विद्यार्थीहरूमा अवसर का साथसाथै उत्साह समेत भरिदिएको छ।
वर्तमान परिवेशमा विद्यालयहरूमा पढाउने मात्रै नभएर सिकाउने अभियान थालनी गर्नुपर्छ भन्ने सर्वत्र माग भइरहेको अवस्थामा यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई सिक्ने र गर्ने अवसर प्राप्त हुने कुरामा दुई मत छैन। विद्यालयका कार्यक्रमहरूमा कहिल्यै सहभागी नहुने विद्यार्थीहरु ले पनि यस्ता कार्यक्रमहरुमा सहभागिता जनाए को पाइएको छ।
विद्यालयहरूले परम्परागत रूपमा गरिँदै आएका कार्यक्रमलाई मात्र निरन्तरता दिने गरेको परिप्रेक्ष्यमा यस्ता नयाँ र अनौठा कार्यक्रमहरूको आयोजना गर्दा विद्यार्थीहरू लाभान्वित हुने देखिएको छ। बिर्तामोड नगर क्षेत्रका १५० जना बालबालिकाहरुले प्रतिस्पर्धा गर्ने अवसर पाए।
प्रतिस्पर्धीहरु मध्ये २५ जना विद्यार्थीहरूले नगद पुरस्कार र प्रमाणपत्र पनि प्राप्त गर्न सफल भए। प्रतियोगितामा प्रथम हुनेले पाँच हजार दोस्रा हुनेले ४००० तेस्रो हुनेले ३००० र २ जना शान्तवना पुरस्कार दुई हजारका दरले प्राप्त गरेका थिए। बिर्तामोड नगरपालिका शिक्षा शाखा विगत केही वर्षदेखि शिक्षक तथा विद्यार्थीहरूको दक्षता सीप र प्रतिभा को विकास गर्न लागि परेको पाइएको छ।
समापन समारोहमा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले विजयी प्रतियोगी हरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए। पाँचवटा विधामा भएको उक्त कार्यक्रम को संयोजन विर्तामोड नगर क्षेत्रका विषयगत समिति का सदस्यहरू लिला प्रसाद भण्डारी धर्मेन्द्र भट्टराई खड्गप्रसाद खरेल दीपक लुइटेल देवेन्द्र हुमागाईं लगायतले संयोजन गरेका थिए।
कार्यक्रममा नगर शिक्षा शाखाका प्रमुख तिल्चन भण्डारी शाखा अधिकृतहरू जानुका रेग्मी , लासाङ तामाङ र कर्मचारी मित्र ओली र सामना उप्रेती को सक्रिय व्यवस्थापनर सञ्चालन रहेको थियो।