बिर्तामोड ।
इलाका प्रहरी कार्यालय अनारमनीले हराएका मोवाइल फेला पारेर सम्बन्धित धनिलाई हस्तानतरण गरेको छ । बिभिन्न मितिमा हराएका २७ थान मोवाइल फेला पारेर निवेदकहरुलाई बुझाइएको इप्रका अनारमनीका डिएसपी बिजय श्रेष्ठले जानकारी दिए । प्रहरीका युनिटहरु परिचालन गरि हराएका मोवाइल फोन फेला पारेर धनीलाई बुझाइएको इप्रका अनारमनीले जनाएको छ ।
हराएका मोवाइल खोज्न सहयोग माग्दै आएका निबेदनहरुको आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषण गरेर विभिन्न कम्पीका चोरी भएका मोवाइल फेला पारे पश्चात बुझाइएको प्रहरीले जनाएको छ ।