बिर्तामोड ।
झापाको बिर्तामोडमा दोस्रो संस्करणको झापा रक स्टार हुने भएको छ । बार्षिक सांगितीक प्रतिस्प्रधात्मक दोस्रो संस्करणको ‘झापा रक स्टार’ प्रतियोगिता हुने आज आयोजित पत्रकार भेटघाटमा जनाइएको हो ।

_1751853734.jpg)
अमृत स्टोर बिर्तामोडको आयोजना हुने वार्षिक साङ्गीतिक प्रतिस्पर्धात्मक कार्यक्रमको तयारी शुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
प्रतियोगितामा कक्षा ५ देखि कक्ष १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्ने आयोजकका प्रमुख अमृत पौडेलले जानकारी दिए । प्रतियोगितामा झापाका सामुदायिक तथा निजी विद्यालयले सहभागी हुन सक्ने बताइएको छ ।

_1736908732.jpg)
ब्यान्डमा कम्तिमा पाँच जना सदस्यहरु अनिवार्य हुनुपर्ने कार्यक्रम संयोजक सुनिता तामाङको भनाई छ । त्यस्तै, ब्यान्डमा एउटा वाद्यवादनमा नेपाली लोक बाजा हुनुपर्नेछ । पहिलो चरणबाट दोस्रो चरणमा छनोट भएका टप ६ वटा प्रतिस्पर्धी सांगीतिक समूहहरूले फाइनल चरणको प्रस्तुति दिन पाउने छन् ।
संगीत साधनमा विद्यार्थी तथा युवालाई आकर्षित गर्ने, नेपाली भाषा, कला, संस्कृति, संगीत र लोक बाजाको जगेर्ना गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक तामाङले जानकारी दिइन् ।

त्यस्तै, विद्यार्थीहरुका लागि संगीतको गुणस्तरीय प्लाटफर्म प्रदान गर्ने, म्युजिक ट्रयाक छोडेर लाइभ ब्यान्ड कल्चरको विकास गर्ने, संगीतमार्फत समाजको संस्कृति र मौलिकताको प्रवर्धन गर्ने प्रतियोगिताको लक्ष्य रहेको तामाङले बताइन् ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५०, ३० र २० हजार नगद पुरस्कारसहित मेडल तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।