झापा, भदौ ६ । स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रालिले ‘मिस्टर एण्ड मिन्स प्रोभिन्स १ सिजन ४ र लिटल ग्ल्याम्स सिजन २ आयोजना गरेको छ ।

सुन्दरता, प्रतिभा र आत्म विश्वासका रुपमा व्यक्तिमा भएको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रा.लि.का कार्यकारी अधिकृत सन्दीप राजवंशीले जानकारी दिए ।  प्रतियोगताका लागि शनिवारबाट अडिसन शुरु गरिने बताइएको छ । बिर्तामोडस्थित होटल लोटसमा अडिसन हुने जनाइएको छ ।

१५ देखि २२ वर्ष उमेर समूहका युवाले ‘मिस्टर एण्ड मिन्स प्रोभिन्स १ सिजन ४  प्रतियोगितामा सहभागी बन्न सक्ने र लिटल ग्ल्याम्स सिजन २ का लागि ५ देखि १४ वर्ष उमेर समूहका वालवालिकाले सहभागीता जनाउन सक्ने प्रा.लिका कार्यकारी अधिकृत राजवंश्ीले बताए । उनका अनुसार प्रतियोगितामा सहभागीहरुले व्यक्तिगत विकास, भोजन सिस्टाचार, सार्वजनिक रुपमा भाषण गर्न सक्ने, व्यवसायिक तालिम र ग्रुमिङ, मिडिया एक्पोज र फोटो सुट, सेलिब्रेटी परामर्श, फेसन र मनोरञ्जनमा करिअर डेभलप गर्न सक्नेछन् भने नेतृत्व किासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतियोगतामा सहभागीताका लागि बुकिङ खुल्ला गरिएको बताइएको छ । प्रतियोगिताका विजेताहरूले मिस्टर एण्ड मिस सुपरनेशनल नेपालमा सिधै प्रवेश पाउनेछन् भने आकर्षक पुरस्कारसहित ट्रफी, मेडल , प्रमाणपत्र  हात पार्ने छन् । प्रा.लेले यस अधिका वर्षमा पनि विभिन्न चरणमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।