काठमाडौं । जेनजी आन्दोलनका क्रममा भैंसेपाटीस्थित मन्त्रीहरुको आवासमा पनि आगजनी भयो । फलतः सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरु कसैले पनि सरकारी आवास पाएका छैनन् ।
प्रधानमन्त्री सुशिला कार्कीबाहेक बाँकी सबै मन्त्री आफ्नै घरमा बस्दै आएका छन् । प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सपथग्रहण गरेको भोलिपल्ट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेकी थिइन् ।


कार्कीले आफ्नै निवासमा बस्ने बताए पनि मुख्यसचिव एकनारायण अर्यालसहितका उच्च पदस्थ कर्मचारीले सुरक्षा लगायतको व्यवस्थापनमा समस्या हुने भनेर सरकारी निवासमै बस्नुपर्नेमा जोड दिएका थिए ।
प्रधानमन्त्री बस्ने बालुवाटारको सरकारी निवासमा पनि आगजनी भएको थियो । आगजनीबाट कम क्षति पुगेको भवनमा प्रधानमन्त्रीका लागि बसाइको व्यवस्थापन गरिएको हो । अन्य मन्त्रीहरु भने आआफ्नै घरमा बसेर मन्त्रालय धाइरहेका छन् ।

_1736908732.jpg)
अर्थ एवम् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल भक्तपुरस्थित आफ्नै निजी निवासमा बस्दै आएका छन् ।
उनले सरकारी सवारी साधन पनि लिएका छैनन् । उर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ काठमाडौंको बौद्ध महांकालस्थित आफ्नै निजी निवासमा बसिरहेका छन् । उनले सरकारी सवारीसाधन भने प्रयोग गरेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्याल ललितपुरको सानेपास्थित आफ्नै घरमा बसिरहेका छन् । नवनियुक्त उद्योग तथा कानूनमन्त्री अनिलकुमार सिंन्हा काठमाडौंको नारायणहिटी दरबार सग्रहालय नजिकै रहेको आफ्नो निजी निवासमा बस्छन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा।मदनप्रसाद परियार काठमाडौंको कलंकी स्युचाटारमा रहेको आफ्नै निवासमा छन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल पनि आफ्नै घर इमाडोलमा बस्छन् ।
शिक्षामन्त्री पुनको बास मन्त्रालयमै
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै मन्त्रालयमा पदभार ग्रहण गर्दै आफूलाई बस्नका लागि सरकारी निवास नचाहिने बताएका थिए ।
उनले आफू मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन समेत दिएका थिए । अहिले सरकारी क्वाटर पनि छैन, कहाँ बस्नु हुन्छ , भन्ने पत्रकारको प्रश्नमा उनले मन्त्रालयमै बस्ने जवाफ दिएका थिए ।
उनले भने, ‘मेरो त जहाँ काम ग¥यो त्यहीँ बस्ने बानी छ । एउटा कोठा बनाउनुस् । मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफैं पकाएर खान्छु ।’
नभदै उनी मंगलबार आजदेखि मन्त्रालयमै बस्न थालेका छन् । उनले नेपाल प्रेससँग भने, ‘सुत्ने बेड र भान्छा कोठाको व्यवस्था भयो । आजदेखि केशरमहलस्थित शिक्षा मन्त्रालयमै सुत्ने र खाने गर्छु ।’
nepalpress.com