काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई खुला चेतावनी दिँदै प्रशासनको इजाजत नलिईकन विरोध प्रदर्शन आयोजना गर्ने बताएका छन् । सरकार नै संवैधानिक नभएकाले स्वीकृति लिनुपर्ने आवश्यकता नरहेको उनको तर्क छ ।
आज युवा संघ नेपालको कार्यक्रममा बोल्दै ओलीले जेलनेल भोगेर प्राप्त गरेको अधिकार यत्तिकै खोसिन नदिने बताए । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्ना मातहतका निकायलाई कानूनसम्मत आदेश मात्रै दिन सुझाव पनि दिए ।
ओलीको भनाइ यस्तो छ
अब हाम्रो आन्दोलन इजाजत लिएर हुनेछैन । अनुमति लिएर हुने छैन । तपाईँहरूको स्वीकृतिमा हुनेछैन । तपाईँहरूको विरोध गर्न हामीले तपाईंहरुसँगै स्वीकृति लिनुपर्ने आवश्यकता छैन । तपाईँहरू असंवैधानिक हुनुहुन्छ । गैरकानूनी हुनुहुन्छ । एरिया हदबन्दी लगाउने, पासपोर्ट रोक्का गर्ने, ह्याँ गर्ने ह्वाँ गर्ने, विरोध प्रदर्शन गर्न नदिने, शान्तिपूर्ण पनि नदिने‘ देशै तपाईँको हो रु तपाईँले कहाँबाट ल्याएको हो यो देश रु हाम्रो पनि होला नि यो देश । जेनजी दिदी हुनुहुन्छ कि बहिनी हुनुहुन्छ, उहाँलाई पनि भन्न चाहन्छु, आफ्नो मातहतलाई कानूनसम्मत आदेश मात्र दिनुस् ।
संविधानले दिएका, हामीले लडेर ल्याएका बलिदान दिएर ल्याएका, जेलनेल भोगेर, दुख कष्ट सहेर ल्याएका हक अधिकार तपाईँको आदेशमा छोड्दैनौँ । शान्तिपूर्ण प्रदर्शन हाम्रो अधिकार हो । जायज विरोध हाम्रो अधिकार हो । हामीलाई लुकेर गर्नु छैन । अहिले पनि हामी यसरी गर्दैछौं स्वीकृति दिनुस् भन्नुस् । दिनुहुन्न भने स्वीकृति चाहिँदैन सडकमा उत्रिन्छौ । संविधानभन्दा तपाईँको आदेश ठूलो होइन ।








































