निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन बिर्तामोड नगर समितिको आयोजना भएको तीन दिने प्याब्सन स्पोट्स मिट २०८२ समापन भएको छ ।
बिर्तामोड ४ स्थित कन्चनजंगा स्कुलको प्राङ्गणमा एक कार्यक्रमकाबिच प्याब्सन स्पोट्स मिट सम्पन्न भएको हो । ‘प्याब्सन स्पोर्टस् मिट २०८२ शुक्रबारबाट सुरु भएको थियो ।

नगरभित्रका ३० वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा ९ र १० , कक्षा ११ र १२ का छात्र–छात्रा भलिबल, फुटबल, कराते, क्रिकेट र सटपुट गरी पाँच वटा विद्यामा इभेन्ट सञ्चालन गरिएको थियो ।
प्रतियोगितामा भलिबल छात्र कक्षा १२ तर्फबाट प्रथम निदि, दोस्रो इकम र तेस्रो बाल्मीकी मा.वि भएका थिए । त्यस्तै भलिबल छात्रा कक्षा १० सम्मबाट लिटल फ्लावर्स प्रथम, गोमेन्द्र मा.वि दोस्रो र टावर टेम्पल तेस्रो भएको थियो । भलिबल छात्र कक्षा १० तर्फ प्रथम कन्चनजंघा स्कुल, वेल्स मोडल दोस्रो र तेस्रो गोमेन्द्र मा.वि. भएका थिए ।

भलिबल छात्रा कक्षा १२ सम्मबाट निदि मा.वि. प्रथम, गोमेन्द्र मा.वि दोस्रो र कन्चनजंघा स्कुल तेस्रो भएका थिए । क्रिकेट कक्षा १० सम्मबाट प्रथम न्युटन्स एजेकेशन, दोस्रो निदि मा.वि भएका थिए । सटपुट कक्षा १० सम्म छात्र प्रथम ग्रिनफिल्ड, दोस्रो इकम र तेस्रो फनमिन स्कुल भएको थियो ।
सटपुट कक्षा १० सम्म छात्रा प्रथम एभरेष्ट स्कुल, दोस्रो सरस्वती एन्जल्स र तेस्रो देवकुल मा.वि भएका छन् । कराते काता छात्र कक्षा ९ र १० पहिलो ग्लोरी, दोस्रो कन्चनजंघा मा.वि , तेस्रो चिल्ड्ेन इभारोमेन्ट , कन्चन मा.वि. भएको थियो । कराते काता छात्र कक्षा सम्म प्रथम कोहेड मा.वि., दोस्रो एबाकस र तेस्रो क्रियेटिभ, टावर टेम्पल भएका थिए ।
कराते काता छात्रा कक्षा ८ सम्म प्रथम बिष्णु भगवती, दोस्रो इकम मा.वि. र तेस्रो कन्चनजंघा मा.वि, कन्चन भएका थिए । बिर्तामोड नगर प्याब्सन अध्यक्ष सुरेन्द्र खरेलको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन समारोहको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी रहेका थिए ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि शिक्षा शाखा प्रमुख भण्डारी, झापा जिल्ला प्याब्सनका अध्यक्ष छत्र कार्की, बिर्तामोड नगरपालिका वडा नं.४ का अध्यक्ष राहुल शर्मा लगायतले आ–आफना धारणा राखेका थिए ।
विजेता तथा उपविजेता टिमहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान उनीहरुले गरेका थिए ।
कार्यक्रममा क्रिएटिभ आइडियल्स एकेडेमी बिर्तामोड १ का संस्थापक निदेर्शक तथा महाधिवेशन प्रतिनिधि एजाज अहमद अन्सारी, झापा जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, हिसान झापाका कार्यबाहक अध्यक्ष उत्तम खनाल, न्युटन्सका एकेडेमीका प्रधानाध्यापक
तथा प्याब्सन जिल्ला सदस्य देबेन्द्र हुमागाई, प्याब्सन सदस्य सन्तोष सुब्बा, बेल्स मोडल माविका प्रधानाध्यापक तारा प्रसाई, कञ्चनजंगा माविका संस्थापक केशवराज न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।









































