बिर्तामोड ६   स्थित एभरेष्ट स्माट  स्कुलमा एक दिने एभरेष्ट स्काउट क्याम्प आज सम्पन्न भएको छ । आज मङ्लबार साँझ विद्यार्थीले    नेट क्रसिङ, जीप लाईन, ब्याम्बो वाक, ल्याडर क्रसिङ, टच द टार्गेट लगायतका विभिन्न स्काउट कृयाकलापमा सहभागिता जनाएका थिए ।

आयोजित क्याम्प फायरमा हरेक पेट्रोलले आ–आफ्ना प्रस्तुती प्रस्तुत गरेर उपस्थित हरुलाई मनोरञ्जन समेत गराएका थिए । क्याम्प फायरिङ सेरेमोनीमा सहभागि भएका प्रमुख अतिथि विर्तामोड ६ का वडाध्यक्ष सुर्य कन्दङ्वाले  ‘स्काउट’ आफैमा स्वयंसेवी संस्था रहेको चर्चा गर्दै एभरेष्ट विद्यालय भित्रकै विद्यार्थीहरु पनि यो सेवामा लागेकोमा गर्व लागेको बताए ।

विद्यालयका निर्देशक आशिस प्रसाईले  स्काउटले अनुशासित भई समूहगत रुपमा विपदका बेला जनताको सेवामा समर्पित हुन प्रेरित र पारङ्गत बनाउने चर्चा गर्दै आफ्नै विद्यालयका विद्यार्थी समाजमा परि आउने आपत बिपत्तिमा सहयोग गर्न स्काउटले मद्दत  पुग्ने चर्चा गरे ।

584311026_1440676694727431_3623095127690289581_n

कार्यक्रममा बिर्तामोड नगरपालिकाको शिक्षा अधिकृत जानुका रेग्मी लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईले स्काउटमा आबद्ध विद्यार्थीहरूले सिकेको ज्ञानबाट आपत विपतको अवस्थामा समाजमा भैपरि आउने

घटनाहरुमा सेवाको भावले खटिने विश्वास व्यक्त गरे उनले स्काउट भनेको विशुद्ध सामाजिक सेवाभावले स्थापना भएको संस्था भएको कारणले गर्दा समाजको निस्वार्थ रुपमा सेवा गर्नका लागि विद्यार्थी भाइबहिनीहरुलाई आग्रह गरे कार्यक्रमको सञ्चालन प्राइमरी इन्चार्ज शिक्षक सावित्रा भट्टराईले गरेकी थिइन्।

विद्यालयका प्रधानाध्यापक अनुप शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक विभिन्न संघसंस्थाका प्रतिनिधिसहित सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका विभिन्न तहका शिक्, अभिभावक र पत्रकारहरुको उपस्थिति रहेको थियो ।